काठमाडौं, १२ फागुन। पछिल्लो २४ घण्टामा तीन सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सात हजार सात सय ४३ जनामा गरिएको परीक्षणमा तीन सय १८ मा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार २४ घण्टामा एक जनाको संक्रमणबाट मृत्यु भएको छ। यस्तै, पाँच सय ६२ जना कोरानामुक्त भएका छन्।
हाल देशभर नौ हजार छ सय ७८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयको भनाइ छ।
