लुम्बिनीमा संविधान दिवस : निःशुल्क स्वास्थ्य परिक्षण र रक्तदान

लुम्बिनीमा संविधान दिवस : निःशुल्क स्वास्थ्य परिक्षण र रक्तदान


  • 5.6K
    SHARES
    • आश्विन ३, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 8.6K Views

    लुम्बिनीमा संविधान दिवस : निःशुल्क स्वास्थ्य परिक्षण र रक्तदान

    दाङ ३ असोज । लुम्बिनी प्रदेश सरकारले संविधान दिवसको अवसरमा रक्तदान र निःशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न गरेको छ । 

    images

    स्वास्थ्य मन्त्रालयले राजधानी परिसर क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, भौतीक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, स्वास्थ्य मन्त्री खेमबहादुर सारु मगर लगायत मुल समारोहमा सहभागी अतिथि लगायत स्थानीयले स्वास्थ्य परिक्षण गरेको स्वास्थ्यमन्त्रीका स्वकीय सचिव सुदर्शन पाण्डेले जानकारी दिनुभयो । 

    WhatsApp Image 2024-09-19 at 12.32.34 PM (1).jpeg

    संविधान दिवसको अवसरमा प्रदेश मातहतमा रहेका १२ जिल्लाका अस्पतालहरुमा आज एक दिनको लागि निःशुल्क ल्याव परिक्षण, ओपिडि शुल्क समेत निःशुल्क गरिएको छ । मुल समारोहको अवसरमा व्लड प्रेसर, सुगर लगायत एक सय ५० जनाको स्वास्थ्य जाँच गरिएको थियो । यस्तै लमही रक्तसञ्चार केन्द्र संगको सहकार्यमा गरिएको रक्तदान शिविरमा २१ पोइन्ट रगत संकलन भएको थियो ।

    WhatsApp Image 2024-09-19 at 12.32.35 PM.jpeg


    तेस्रो आँखा