• ट्रेण्डिङ्ग :
समयमै भुक्तानी गर्न निर्माण व्यवसायीको माग

समयमै भुक्तानी गर्न निर्माण व्यवसायीको माग


  • 2.5K
    SHARES
    • आश्विन ४, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 3.9K Views

    समयमै भुक्तानी गर्न निर्माण व्यवसायीको माग

    काठमाडौँ, ४ असोज । लुम्बिनी विकास कोषअन्तर्गतका परियोजनामा काम गरिरहेका निर्माण व्यवसायीहरुले समयमै भुक्तानीको माग गरेका छन् । लुम्बिनी–एएनके–खड्का कृष्ण जेभी, लामा–एपेक्स–कमलजीत जेभी, रमण–गजुरमुखी जेभी र खानी–अर्घाखाँची–बाबुल जेभीले संयुक्त विज्ञप्ति जारी गरी निर्माणको भुक्तानी समयमै गर्नका लागि माग गरेका हुन् ।

    images

    निर्माण व्यवसायीहरुले कोषसमक्ष भुक्तानी प्रक्रिया तुरुन्तै सरलीकरण गर्न र यसमा भएका ढिलासुस्तीहरु समाधान गर्न आग्रह गरेका छन् । उनीहरुले समयमै भुक्तानी नभए सम्पूर्ण निर्माण कार्य रोक्ने समेत स्पष्ट पारेका छन् । 

    “निर्माण व्यवसायीले समयमा प्रस्तुत गरेका बिलहरु भुक्तानी प्रक्रियालाई तुरुन्तै अघि बढाउन आग्रह गर्दछौँ, भुक्तानी प्रक्रियामा भएको विलम्बले व्यवसायीलाई वित्तीय व्यवस्थापनमा असर पारेको छ”, विज्ञप्तिमा नभिएको छ ।


    तेस्रो आँखा