यसरी धमाधम बन्दैछ थानकोट–नागढुंगा सुरूङमार्ग (भिडियोसहित) 

यसरी धमाधम बन्दैछ थानकोट–नागढुंगा सुरूङमार्ग (भिडियोसहित) 


  • 10.5K
    SHARES
    • फाल्गुण १२, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 16.1K Views

    यसरी धमाधम बन्दैछ थानकोट–नागढुंगा सुरूङमार्ग (भिडियोसहित) 

    काठमाडौं, १२ फागुन। काठमाडौंको थानकोट देखि नागढुंगा नौविसे सडक खण्डमा वैकल्पिक सडक मार्ग नहुँदा नागरिकले निकै सास्ती भोगिरहेका छन्। साघुरो सडकमा सवारीको चाप बढी भएकाले यो सडक खण्डमा घण्टौ जाम हुने समस्या ज्यूका त्यू छन्। दैनिक ४ हजार देखि ५ हजार सम्म साना ठूला सवारी साधन यो सडकमा ओहोर दोहोर गर्छन्।

    images

    यसैलाई मध्यनजर गर्दै नेपाल सरकारले वैकल्पिक सडक मार्गका रुपमा सुरूङमार्ग निर्माण गर्ने योजना ल्याएर काम सुरु गरेको छ। देशका विभिन्न भागबाट काठमाडौं उपत्यका भित्रिन प्रयोग हुने मुख्य नाका नागढुंगामा निर्माण हुँदै गरेको सुरूङमार्गको काम करिव ८० प्रतिशत सकिएको छ।  

    धेरैको चासोको विषय बनेको यो सुरूङमार्ग २०७६ कार्तिक ४ मा शिल्यान्यास भएपछि काम सुरु गरिएको थियो । भौतिक योजना तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभागले ठेक्का लगाएर काम भैरहेको उक्त सुरूङ मार्गको लम्बाइ ५ दशमलव ६६ किलोमिटर रहेको छ । २ दशमलव ६८ किलोमिटर टनेल र २ दशमलव ९७  किलोमिटर रोडको लम्बाई गरी सुरूङ मार्गको लम्बाइ ५ दशमलव ६६ रहेको सडक विभागले जनाएको छ।

    धमाधम निर्माण हुँदै सुरूङमार्ग  (भिडियाेसहित)

    यो आयोजनाको कुल लागत अनुमान २१ करोड जापानिज यान रहेको छ। नेपाल सरकार र जापान सरकारबीच भएको सम्झौता अनुसार जापान सरकारले नागढुंगा सुरूङमार्ग निर्माणका लागि नेपाल सरकारलाई १६ करोड ६३ लाख जापानिज यान रिण सहयोग गर्नेछ। योजनाको बाँकी रकम भने नेपाल सरकारले नै व्यहोर्नेछ।

    सन् २०१९ जुलाईबाट सुरु गरिएको यो परियोजना २०२२ डिसेम्बरमा पूरा गर्ने लक्ष रहेको छ। सोही अनुसार सुरूङमार्गको काम धमाधम भैरहेको छ। परियोजना सम्पन्न भैसकेपछि नागढुंगा नौविसे सडक खण्डको ट्राफिक जाम र यात्रा अवधिसमेत छोटिनेछ।

    काठमाडौं उपत्यकाको ट्राफिक जाम व्यवस्थापन गर्नका लागी सुरूङमार्गलाई महत्वपूर्ण परियोजनाका रुपमा लिइएको छ। सुरूङमार्ग निर्माण भइसकेपछि नागढुंगा नौविसे सडक खण्डमा सवारी जाम कम हुनुका साथै हजारौं नागरिकले निरन्तर पाइरहेको सास्तीबाट मुक्त हुनेछन् ।


    जीवन शर्मा
    लेखकबाट थप