फुर्सदमा बिपुलले लेखे,‘बोल‘ मन खोल‘’

फुर्सदमा बिपुलले लेखे,‘बोल‘ मन खोल‘’


  • 5.3K
    SHARES
    • आश्विन ७, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 8.1K Views

    फुर्सदमा बिपुलले लेखे,‘बोल‘ मन खोल‘’

    घोराही ७ असोज । पत्रकार तथा गीतकार बिपुल पोख्रेलको शब्द रचनामा रहेको  ‘बोल‘ मन खोल‘’ गीत बजारमा आएको छ । तीन दशकयता दाङबाट पत्रकारिता गर्दै आउनु भएका उहाँ नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष पनि हुनुहुन्छ । 

    images

    उहाँको शब्द रचनामा रहेको  ‘बोल‘ मन खोल‘’ बोलको गीतमा सञ्चारकर्मी देवेन्द्र बस्नेतले स्वर दिनु भएको छ । जीवन, जगत र मानवीय दर्शन झल्किने यी गीतका शब्दहरूमा वरिष्ठ संगीतकार सन्तोष श्रेष्ठले संगीत भर्नु भएको छ । 

    यसअघि पनि पोखरेलले आधा दर्जनजति गीतका शब्दहरू लेखिसक्नु भएको छ । हालैमात्र उहाँले महासंघको अध्यक्षबाट राजीनामा दिनु भएको थियो। । त्यसलगत्तै उहाँले नयाँ गीत लेख्नु भएको हो । गीतमा भिडियो संयोजन अर्का सञ्चारकर्मी सुदन थापाले गर्नु भएको छ । 

    बेला बेला गीतहरू लेखेर नयाँ नयाँ प्रतिभाहरूलाई अवसर दिने गरेको उहाँ बताउँनुहुन्छ । माओवादी सशस्त्र युद्धका बेला ६० को दशकतिर पनि उहाँले धेरै गीतहरू लेख्नु भएको थियो । त्यसबेला पनि मोफसलकै नयाँ गायकहरूलाई उहाँले ती गीतहरू गाउन दिनु भएको थियो । त्यो बेला तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता आफ्नै हातमा लिएका थिए । पोख्रेल त्यतिबेला घोराहीबाट प्रशारण हुने रेडियो स्वर्गद्वारीमा समाचार सम्पादक हुनुहुन्थ्यो । दरबारको आदेशमा स्थानीय प्रशासनले सञ्चारमाध्यममा समेत समाचार प्रशारणरप्रशारणमा रोक लगाएको थियो । 

    ‘म आफैमा व्यावसायिक गीतकार त होइन कहिलेकाहिँ लेख्नेगर्छु। आफूलाई फुर्सदको गीतकारका रुपमा लिन्छु’ उहाँ भन्नुहुन्छ ‘यो आफ्नो रहर पनि होला र नयाँ प्रतिभाहरूलाई अवसर पनि सिर्जना गर्ने हिसावले गीतहरू लेख्दै आएको छु। त्यतिबेला पनि फुर्सद थियो, अहिले पनि फुर्सदमै छु।’ 

    https://www.youtube.com/watch?v=dvy4e5SOImI


    तेस्रो आँखा