• ट्रेण्डिङ्ग :
सुनको मूल्यले तोड्यो कीर्तिमान

सुनको मूल्यले तोड्यो कीर्तिमान


  • 5.5K
    SHARES
    • आश्विन ८, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 8.4K Views

    सुनको मूल्यले तोड्यो कीर्तिमान

    काठमाडौं, ८ असोज । नेपाली बजारमा सुनको मूल्य कीर्तिमानी उचाइमा पुगेको छ । पछिल्लो तीन दिनदेखि लगातार बढिरहेको सुनको मूल्यले आज (मंगलबार) नयाँ कीर्तिमान बनाएको हो ।

    images

    यो दिन सुनको मूल्य ५ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ कायम थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन चाँदीको मूल्य भने घटेको छ । यो दिन चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको हो ।


    तेस्रो आँखा