युक्रेनलाई सहयोग गर्न जेलेन्स्किीले फेरि गरे पश्चिमा गठबन्धनलाई अनुरोध

युक्रेनलाई सहयोग गर्न जेलेन्स्किीले फेरि गरे पश्चिमा गठबन्धनलाई अनुरोध


  • 9.7K
    SHARES
    • फाल्गुण १३, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 14.9K Views

    युक्रेनलाई सहयोग गर्न जेलेन्स्किीले फेरि गरे पश्चिमा गठबन्धनलाई अनुरोध

    एजेन्सी, १३ फागुन। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले युक्रेनलाई सहयोग गर्न र रुसको पासविक हमला रोक्न फेरि अर्को पटक अनुरोध गरेका छन्।

    images

    रुसी सेनाविरुद्ध आफूहरु एक्लै लड्नु परेको बताउँदै उनले पश्चिमा देशहरु समक्ष यस्तो अनुरोध गरेका हुन्। यसअघि जेलेन्स्किले अमेरिकी सैन्य गठबन्धन नेटो र पश्चिमा देशहरुले युक्रेनलाई सहयोग नगरेको बताएका थिए। 

    ‘हामीहरुले हाम्रो देशलाई एक्लै जोगाइरहेका छौं। हिजोजस्तै विश्वकै सबैभन्दा शक्तिशाली फौजले टाढाबाट हेरिरहेको छ,’ राष्ट्रका नाममा सम्बोधन गर्दै उनले भने। 

    आज उज्यालो नहुँदै युक्रेनमा धेरै मिसाइल आक्रमण भएको जेलेन्स्किीलेले पुष्टि गरेका छन्। स्थानीय समयअनुसार बिहान ४ बजे हमला भएको उनले बताएका छन्। 

    रुसको आक्रमणले सैन्य र नागरिक दुवैलाई निशाना बनाएको उनले बताएका छन्। रुसले यसअघि सर्वसाधारणमाथि हमला नगरेको बताएको थियो।


    तेस्रो आँखा