रोल्पामा पनि सहुलियत पसल सञ्चालन

रोल्पामा पनि सहुलियत पसल सञ्चालन


  • 6.0K
    SHARES
    • आश्विन ९, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 9.3K Views

    रोल्पामा पनि सहुलियत पसल सञ्चालन

    रोल्पा, ९ असोज । रोल्पामा पनि चाडपर्व लक्षित सहुलियत मूल्य पसल सञ्चालनमा आएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जिल्लामा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको हो । सहुलियत पसल सदरमुकाम लिवाङमा सोमबारदेखि सञ्चालनमा आएको कार्यालयले जनाएको छ ।

    images

    नेपालीहरुको महान् पर्वहरुको रुपमा मनाइदै आएको वडादशै, दीपावली, छठ लगायतको पर्वहरुलाई ध्यानमा राखि असोज २ गतेदेखि माघ २ गतेसम्मका लागि सुपथ मूल्यका खाद्य सामग्री बिक्री सुरु गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड रोल्पाका निमित्त शाखा प्रमुख खर्क बहादुर बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार अरुवा मोटा चामल, अरुवा मध्यम चामल, सोना मन्सुली चामल र स्टिम जिरा मसिनो चामलमा ५ रुपैयाँका दरले प्रतीकेजीमा छुट दिइएको छ ।

    459252263_846140893960286_1073249903174556964_n.jpg

    छुटपछि अरुवा मोटा चामल प्रति केजी ५८ रुपैयाँ, अरुवा मध्यम चामल प्रतीकेजी ६० रुपैयाँ, सोना मन्सुली चामल प्रतीकेजी ६० रुपैयाँ र स्टिम जिरा मसिनो चामल प्रतीकेजी ८६ रुपैयाँका दरले खरिद गर्नुपर्नेछ ।

    सामग्री खरिदकालागि उपभोक्ताले बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म र शुक्रवारको दिन भने बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सम्पर्क गर्न सकिने कार्यालयका सूचना अधिकारी रामबाबु महतोले जानकारी दिनुभयो ।

    सहुलियत मूल्य पसल धेरै उपभोक्ता माझ पुगोस भन्ने उदेश्यले १ व्यक्तिले १ क्विन्टल अर्थात् ४ बोरासम्म खरिद गर्न सक्ने कार्यालयले जनाएको छ । कार्यालयले यो वर्ष ६ सय क्विन्टल चामल बिक्री गर्ने लक्ष्य लिएको कार्यालयले जनाएको छ ।

    460441258_1868266250249674_8234173173662891015_n.jpg


    भरत विश्वकर्मा
    लेखकबाट थप