विश्व फार्मेसी दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम

विश्व फार्मेसी दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम


  • 5.6K
    SHARES
    • आश्विन ९, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 8.6K Views

    विश्व फार्मेसी दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम

    तुलसीपुर, ९ असोज । विश्व फार्मेसी दिवसको अवसरमा तुलसीपुरमा प्रभातफेरि तथा अन्तरक्रिया कार्यक्रम भएको छ । बुधबार नेपाल फार्मेसी संघ दाङ शाखा र तुलसीपुर बहुप्राविधिक शिक्षालय फार्मेसी शाखाको आयोजनामा कार्यक्रम भएको थियो । 

    images

    नेपाल फार्मेसी संघ दाङका अध्यक्ष सुलभ अधिकारीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । 

    WhatsApp Image 2024-09-25 at 12.33.57 PM (1).jpeg

    उक्त अवसरमा प्रमुख अतिथी तथा मेयर खड्काले फार्मेसीको सल्लाह बमोजिम औषधी सेवन गर्न आग्रह गर्नुभयो । सहि तरिकाले औषधी सेवन गरेमा रोग ठिक हुने र सेवन गर्न नजाने औषधि पनि विष बन्ने उहाँले बनाउनुभयो । उहाँले जथाभावि औषधी किन्ने र मात्रा नमिलाएर सेवन गर्नाले स्वास्थयमा गम्भिर असर गर्ने बनाउनुभयो । डाक्टरले सिफारीस नगरेका औषधी वा रोग पहिचान नगरि आफै औषधि किनेर सेवन गर्ने प्रवृत्ति रहेको छ, उहाँले भन्नुभयो,फार्मेसी सञ्चालन गरेका स्वास्थ्य व्यवसायीहरुले पनि  रोगको पहिचान गरेर औषधीको मात्रा सही तरिकाले बिरामीलाई बुझाउनुपर्छ । 

    फार्मेसीबाट औषधि किनेर लगेका विरामीहरुले औषधी सेवन गर्ने मात्रा नजानेर पनि अकालमा ज्यान गुमाउने अवस्था रहेको बनाउनुभयो । यस्ता समस्या आउन नदिन फार्मेसी सञ्चालकहरु ध्यान दिनुपर्ने खड्काले बताउनु भयो । 

    WhatsApp Image 2024-09-25 at 12.33.57 PM (2).jpeg

    कार्यक्रममा बोल्ने वक्ताहरुले रोगको पहिचान गरी फार्मेसीको सल्लाह बमोजिम औषधी सेवन गर्नुपर्ने बताउनु भएको थियो । त्यस्तै औषधी सेवनको ज्ञान नभएका कारण अकालमा ज्यान गुमाउनु पर्ने र दीर्घ रोगको सिकार हुनुपर्ने अवस्था आउने बताउनु भएको थियो । फार्मेसीको नीति र पेशाको मर्यादामा रहेर अघि बढ्नु पर्ने बताएका थिए । 

    त्यस्तै कार्यक्रममा तुलसीपुर स्वास्थ्य शाखाका विष्णु गिरी, नेपाल औषधी व्यवसायी संघ दाङका सचिव गिरीराज न्यौपाने, तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव केशवराज केसी, पत्रकार दिपक बोहरा, केम्सन दाङका महासचिव मदनमोहन गौतम, फार्म दाङका उपाध्यक्ष बसन्त योगी, विद्यार्थी तुलराज बराललगायतकाले मन्तव्य राखेका थिए ।

    तुलसीपुर बहुप्राविधिक शिक्षालयका प्रमुख वसन्त आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सन्चालन नेपाल फार्मेसी संघ दाङका सचिव दया ज्ञवालीले गर्नु भएको थियो । तुलसीपुर बहुप्राविधिक शिक्षालय फार्मेसी विषयमा अध्ययनरत विद्यार्थी र विभिन्न फार्मेसी सञ्चालकहरुको सहभागितामा प्रभातफेरी कार्यक्रम गरिएको थियो ।

    WhatsApp Image 2024-09-25 at 12.33.57 PM (3).jpeg


    तेस्रो आँखा