काठमाडौं, १३ फागुन । पछिल्लो २४ घण्टामा नेपालभर दुई सय ७५ जना कोरोना संक्रमित थपिएका छन् ।
नेपालभर आठ हजार छ सय २८ जनाको नमुना परीक्षण गर्दा दुई सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पाँच हजार चार सय ५२ जनाको पिसिआर परीक्षणका क्रममा एक सय ५८ जनामा र तीन हजार एक सय ७६ जनाको एन्टीजेन परीक्षणका क्रममा एक सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालरभर कोरोना संक्रमणको कारण एक जनाको मृत्यु भएको छ । त्यस्तै पाँच सय ५५ जना कोरोना संक्रमित निको भएका छन् ।
हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या नौ हजार दुई सय ८० रहेको छ ।
