दाङ ११ असोज । दाङ घोराही उपमहानगरपालिका-१४ निवासी प्रेमकुमारी पुनले अल्लोको धागोबाट हातले बुनेर कोट, टोपी, झोला, जुत्ता लगायतका सामाग्री तयार पार्दै आउनु भएको छ । आफुले तयार पारेका सामाग्री विक्रि गर्न मेला, मोत्सव, दिवसहरुमा समेत पुग्ने गर्नुहुन्छ ।
अल्लो र उलनबाट बनाएका सामाग्री मान्छेहरुले मन पराएर किनेपछि प्रेमकुमारीमा बेग्लै खुसि छाउँछ । यसैक्रममा विश्व पर्यटन दिवसको अवसरमा प्रेमकुमारीले अल्लो र उलनबाट हातले बुनेर तयार पारिएको झोला, टोपी, कोट, जुत्ता लगायत सामाग्री विक्रिका लागि स्टल राख्नु भयो । जुन स्टलबाट लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दुई वटा टोपी किन्नु भयो । अहिलेसम्म नेता, मन्त्रीलाई टोपी बिक्री गरेको थिएन । कित उपहार दिइन्थ्यो । तर, मुख्यमन्त्रीले टोपि किनेर लगाउनु भयो । उहाँको यो कामले हामी उद्यमीहरुमा हौसला थपियो,उहाँले भन्नुभयो-शिरको टोपी फेरेर हामीले बनाएको टोपी लगाउनु भयो ।
पाँच सय रुपैयाँ एउटा टोपिको मुल्य थियो । उहाँले दुई वटा किनेर लैजानु भयो ।, २०६५ सालबाट अल्लोबाट कपडा बनाउन थाल्नु भएकी प्रेमकुमारीले चिनारी महिला साझेदारी समूह निर्माण गरेर उद्यम चलाउदै आउनु भएको छ ।ञधेरै हौसला मिल्छ । किनेर लगाइदिदा, उहाँले भन्नुभयो-मुख्यमन्त्री ज्यूको यो सद्भावले हामी उद्यमिको छाति चौडा भयो ।, पर्यटन दिवसको अवसरमा लुम्बिनी प्रदेशका उद्यमीले तयार पारेका स्थानीय उत्पादनका सामाग्रीहरु प्रदर्शनीमा राखिएको छ । थाकलबाट बनेका हस्तकलाको सामाग्री देखि माटोबाट बनेका भाँडाहरु समेत प्रदर्शनीमा राखिएको थियो ।
