डडेल्धुराका कांग्रेसी भन्छन्  ‘देउवाले अपराध गरे’

डडेल्धुराका कांग्रेसी भन्छन्  ‘देउवाले अपराध गरे’


  • 6.3K
    SHARES
    • मंसिर ३, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.7K Views

    डडेल्धुराका कांग्रेसी भन्छन्  ‘देउवाले अपराध गरे’

    काठमाडौँ, मंसिर ३ ।  नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको पार्टी नेतृत्व वडा अधिवेशनताका देखि नै असन्तुष्ट रह्यो । 
    कृयाशील सदस्यता विवादका कारण बहुमत जिल्ला प्रतिनिधिसहितको जिल्ला नेतृत्वले वडा अधिवेशनलाई ‘अवैध’ भनिरहेकै थियो । तर, संस्थापन पक्षले यो असन्तुष्टिको आवाजलाई मतलबै राखेन, न त विरोधलाई विरोध नै मान्यो ।

    images

    फलतः उसले विरोध भइरहँदा प्रहरी घेराभित्र पार्टीका वडा तथा पालिका तहसम्मका अधिवेशन सम्पन्न गरेको आरोप असन्तुष्ट समूहले लगाइरहेको छ ।
    ‘वडा सभापतिहरूसमेतलाई भित्र पस्न नदिई वडा तथा पालिका तहसम्मका अधिवेशनहरू गराइए’, डडेल्धुराका जिल्ला सभापति कणर्बहादुर मल्लले तेस्रो आँखासँग भन्नुभयो— ‘यो हामीमाथि देउवाले गरेको ठूलो अपराध हो ।’
    देउवा इतर समूहले यो अधिवेशनलाई अवैध भनिरहेको छ । कृयाशील सदस्यता वितरणमा भएको धाँधली सच्याएरमात्रै अधिवेशन गराउनु पर्ने माग यो समूहको छ । 
    यही माग कार्यान्वयनको माग गर्दै जिल्ला सभापतिसहित जिल्ला नेतृत्वको ठूलो हिस्सा डडेल्धुरामा अनसनमै बस्यो । भदौ २९ देखि जिल्ला तहमा थालिएको अनसनलाई संस्थापन पक्षले सुनेन । बरु पेलेरै अघि बढ्यो । फलतः, कात्तिक १ मा डडेल्धुरा कांग्रेसको नेतृत्वको ठूलो हिस्सा अहिले देउवा आसिन केन्द्रीय कार्यालय सानेपामा धर्ना दिन आइपुगेको छ । 
    ‘हामीले हाम्रा माग कार्यान्वयनका लागि जिल्ला तहबाटै पनि दबाब दियौँ’, जिल्ला सभापति मल्ले भन्नुभयो— ‘तर हाम्रा माग कार्यान्वयन हुने छाँट देखिएन, उल्टै हामीलाई पेलेरै अधिवेशन गराइए, अनि हामी केन्द्रीय कार्यालयमै अनसन बस्नका लागि आइपुग्यौँ ।’
    यो अनसनमा जिल्ला सभापति मल्लसहित एक संघीय निर्वाचन क्षेत्रका दुई जना प्रदेश क्षेत्रीय सभापतिसमेत सहभागी छन् । तर, देउवाले जिल्लामा भने क्षेत्रीय अधिवेशन गराइरहनुभएको छ ।
    ‘क र ख प्रदेश क्षेत्रका दुवै जना सभापति यहीं अनसनमा हुनुहुन्छ’, सभापति मल्लले भन्नुभयो— ‘तर देउवाले उता क्षेत्रीय अधिवेशन गराइरहनुभएको छ ।’ 
    उहाँहरूका अनुसार, सभापति देउवाले आफ्नै जिल्लामा ठूलो अपराध गरिरहनुभएको छ । आफ्नै गृहजिल्लाका नेपाली कांग्रेसका नेता(कार्यकर्ताका भावनाविपरित काम गरेर देउवाले आगमी स्थानीय तथा आम निर्वाचनमा पनि कांग्रेसको खुट्टामा बञ्चरो हान्ने काम गरेको आरोप अनसनमा बसेकाहरूको छ ।
    ‘आज पार्टीका सभापति पीडक बनेर जसरी हामीलाई पीडा दिइरहनुभएको छ, यसको नतिजा भोलि कसरी राम्रो आउँछ रु’, डडेल्धुरा क्षेत्र नं। १ को प्रदेश ‘क’ का सभापति मानबहादुर बुढामगर भन्नुहुन्छ— ‘यसले त स्थानीयमात्रै होइन, आगामी आम चुनावमा पनि हानी गर्छ।’
    जिल्ला अनसनलाई कमजोर आँकेर नेतृत्वबाट पेलिएको महसुस गरेका आन्दोलनरत कांग्रेसका नेता(कार्यकर्ताले आँफूहरूको माग सम्बोधन नभए अनसन जारी रहनेसमेत बताउँछन् ।  ‘अँझ सशक्त आन्दोलनमा जान्छौँ’, जिल्ला सभापति मल्लले भन्नुभयो— ‘तर, देउवाको ज्यादतिका अगाडि घुँडा टेक्दैनौँ ।’


    तेस्रो आँखा