• ट्रेण्डिङ्ग :
निर्वाचन आयुक्तहरूले ७ दिनको तलव बाढी पीडितलाई सहयोग गर्ने

निर्वाचन आयुक्तहरूले ७ दिनको तलव बाढी पीडितलाई सहयोग गर्ने


  • 2.7K
    SHARES
    • आश्विन १५, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 4.2K Views

    निर्वाचन आयुक्तहरूले ७ दिनको तलव बाढी पीडितलाई सहयोग गर्ने

    काठमाडौँ, १५ असोज । निर्वाचन आयोगले बाढी पीडितलाई सहयोग गर्ने भएको छ ।

    images

    आयोगले एक विज्ञप्ति जारी गर्दै आयोगका प्रमुख आयुक्त र अन्य आयुक्तहरूले ७ दिनको पारिश्रमिक बाढी पीडितलाई सहयोग गर्ने जानकारी दिएको हो ।

    आयोगका आयुक्तहरूले ७ दिनको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गर्नुभएको छ ।

    अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी पहिरोमा परी दिवगत भएका सम्पूर्ण व्यक्तिहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आयोगले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

    साथै आयोगका सचिव, सहसचिव लगायत सम्पूर्ण कर्मचारीहरूलाई स्वैच्छिक रुपमा सहयोग तथा सहायता प्रदान गर्न आव्हान गर्ने निर्णय समेत गरेको जनाएको छ ।

    nirbachan-aayog-mk.jpg


    तेस्रो आँखा