स्रोत नखुलेको ११ लाख बढी रकमसहित एक जना पक्राउ

स्रोत नखुलेको ११ लाख बढी रकमसहित एक जना पक्राउ


  • 2.3K
    SHARES
    • आश्विन १६, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 3.6K Views

    स्रोत नखुलेको ११ लाख बढी रकमसहित एक जना पक्राउ

    महोत्तरी १६ असोज । स्रोत नखुलेको ११ लाख बढी रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । महोत्तरीको मनरासिस्वा नगरपालिका-२ भोल्ही चोकबाट स्रोत नखुलेको नगद ११ लाख ८१ हजार ३ सय रूपैयाँसहित सम्सी गाउँपालिका-६ सम्सी गाँउ निवासी ४२ वर्षीय शेष हसमत अलीलाई प्रहरीले पक्राउ गरेको हो ।  

    images

    जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी ईटहर्वाकट्टीबाट खटिएको प्रहरीले प्र.२-०२-००५ प ५९९५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


    तेस्रो आँखा