भाषा साहित्य सिर्जनाका अथक साधक, सम्पादक, समालोचक अनुवादक कालजयी उपन्यास कायाकल्पका उत्थापक छत्रमान सुब्बाज्यूको नेपाली अनुवाद पढ्दा बेग्लै रस्वादनको अनुभूति भयो । रसिला शब्दहरु उनेर रसिलो बनेको छ यो कृति । भाषा अनुवादले नै भाषाको समृद्धि हुन्छ । नेपाली भाषा बिनिर्मित परिष्कृत सुन्दर अनि रोचक लाग्दछ ।
डा. लक्ष्मीनन्दन वरालकृत असमीया भाषाको जीवन्त उपन्यास कायाकल्पको अनुवादले पाठकहरु बढ्दो रुपमा हुनाले नेपाली भाषालाई धनी तुल्याएको आभाष हुन्छ । कृतिको गरिमा के कति ? भनी केलाउदा पूर्वको श्रष्टा समीक्षक अनुवादक तथा समालोचक ज्ञान बहादुर क्षेत्री ज्यूले विश्व प्रसिद्ध कृतिकारहरुको श्रेणीमा उभ्याई ती कृतिहरुको दाँजोमा दाँज्दै कायाकल्प उपन्यास माथिका यथार्थवादका सुन्दर नमूना भनी लेखिएको उद्गारले साथै नेपाली र अंग्रेजी भाषा साहित्यका एक सर्वाधिक चर्चित सुविख्यात व्यक्तित्व डा.गोविन्दराज भट्टराई ज्यूले उपन्यासको भूमिकामा अनुवादकीय कला आकाशमा टाँगिएको डोरीमाथि टेक्दै पारी तर्ने काम ।
अनुवादमा त्यत्रो सन्तुलन चाहिन्छ भनी अनुदिन छत्रमान सुब्बा ज्यूको रोकिन्दै,ठोकिन्दै र थामिन्दै गरेका पाइलालाई उत्प्रेरणाले परिपुष्ठि दिई अनुदित कृति प्रस्तुतिको उत्तिकै प्रसंशा गरी कायाकल्पको यौवनबीचको द्वन्द्वलाई कृतिको सार खिचेर रखिएकोले पनि पुस्तक पढ्नका लागि पाठकहरु आतुर रहन्छन् भन्ने लाग्दछ । यो कृति कायाकल्पको अनुवादकीयसँगै नेपाली साहित्य उत्थापक छत्रको यो कर्म प्रशंस्य छ र एक देखि छब्बिस अध्याय सम्म जम्मा दुईसय छपन्न पृष्टमा समेटि तयार पारिएको पुस्तक कायाकल्प हो ।
नेपाली भाषा विर्निमित परिष्कृत रोचक र रसिलो पाराले डा.लक्ष्मी नन्दन बरालले लेखेको असमी भाषाको उपन्यास कायाकल्पको अनुवादले नेपाली भाषालाई धनी तुल्याएको अनुभूत हुन्छ । यस कृतिमा नेपाली भाषाको उत्थान देखि आयुर्वेद शास्त्र, प्राकृतिक वनौषधि शोध, आविष्कार, अनुसन्धान, काठ तस्कर, वन विनाश, मल्टिनेश्लन कम्पनीहरु, सुरक्षा व्यवस्था र चुनौति, अरण्य कर्मचारी, सन्यासी, ऋषिमुनिहरुको खोज, प्रकृतिसँगको प्रतिष्पर्धा, यौवन पुर्नःप्राप्ति, कृतिम यौवनका कामना र वासना (जनककुमारको दुःखद निधन), इन्टरनेट, ई–कमर्श, भ्रष्टचार, नेपाली श्रमिक, रअ इन्टरपोल, अपहरण अन्तर्राष्ट्रिय चक्र, कल गर्ल, स्मग्लर, अमेरिकी साइबर क्यू माफिया र उग्रवादी सम्मका अनेकन पाटालाई उजागर गर्दै मानव शरीरको मात्र नभएर आजभोलिका दिनमा विश्व बजारमा पहुँचवालाका स्वार्थले के कस्ता परिणाम देला त्यस्का लागि कृतिकारले सतर्कता अपनाउन संकेत गरेका छन् । प्राचीनतम र समसामयिक रुपमा कायाकल्प यौवनबीचको द्वन्द्वलाई अगाडि सारिएको आभाष हुन्छ ।
कायाकल्प उपन्यासमा मुख्य भूमिका भने डा. अनुज कृपलानी र उनकी पत्नी नयना नार्लीकार, पूर्व प्रेमिका अजन्ता दीक्षितको छ र अन्य तिनका छोरा ऋतुराज र रंगलाल, मनोविज्ञानिक डा. वाटसन डा. अलेक्जेन्डर, डा. हार्टेमेन, एन्टोनिया मानफेड्रिक,विलियम फक्स माटिना भार्गव त्रिपाठी, डा. मधुकर गेटे , डा. स्मिथ, मनोज कर्मकार, कर्नेलदेवी, डेभिड क्रिस्टोफर,जरा विज्ञ लिए नवकोव, परमेश्वर योगि, डा. ओसो, बृन्दा आउजा, कुन्दन लाल, नन्दलाल, खगेन्द्र नारायण, अमरेन्द्र ब्रह्मचारी, जनककुमारी जस्ता पात्रहरु पुस्तकभित्र आ–आफ्ना भूमिकामा सल्बलाउँछन् । र, शस्य बैज्ञानिक कौसिक कुमाराप्पा इलेक्ट्राेनिक इन्जिनियर भि.पि. भानु, यान्त्रिकरण विभागीय प्रमुख त्रिकाल बाजपेयी आदिले सिल्डेनाफिल साइट्रेडमा कुनै चासो देखाएका छैन्न । प्रस्तुत उपन्यासले भारतको दिल्ली नेपाल नैनिताल, सिम्ला, श्रीनगर, मानोशरोबर, मठ मन्दिर , भुटान , शिक्किम, हिमाञ्चल, यू.एस. रसिया सम्मको परिवेशलाई छुन भ्याएको पाइन्छ ।
वैज्ञानिकरणको माध्यमले धानको शस्य (बाली) मात्र के र? उदेश्य के लिनु उडि छुनु चन्द्र एक भने झै पूर्वीय दर्शन र आधुनिक पाश्चत्य विज्ञानी मीमांसाबीचको द्वन्द्वलाई कार्य कल्प उपन्यासले रहस्य उद्घाटन गर्दै हराएको यौवन खोजी निकाल्ने चिकित्सा प्रणाली साम्राराज्यको प्रलोभन सम्भोगको प्रलोभन, क्षमताको प्रलोभन संगै बूढो मान्छेलाई युवा अवस्थामा ल्याउन र वाधुकम मुक्तिको बाटो योग साधना प्रत्याहारबीचको कौतुहलताको रसायन विज्ञान र आणविक जीव विद्या सोध वेसमयमा वा कुवेलामा असमायिक रुपमा बूढो हुने कारण हो ।
उत्कण्डा मानसिक चाप शरीर भित्र लुकेर बसेका जीवाणु व्यायामको अभाव त्यसैले प्राचीन समयका ऋषिमुनिले योग साधना द्धारा ब्रम्हाचार्य अनि अनुशासनले संयमी कौशल शान्ति प्राप्ति गर्थे रे मान्छेको मन बूढो हुदैन तर शरीर भने समय अन्तरालमा अवश्य नै बूढो हुन्छ । डा. अनुज कृपलानी र नयनाबीचको तृष्णा ,सम्भोग र यौनचरम विश्रृङख्लताको कारण च्यवनमुनि राजा ययातिको तृष्णा ,मानव आयु चिरकालसम्म युवायुवती नै रहने तृष्णाको अन्त्य प्रकृति भन्दा पर फरक ढङगले नियम विरुद्ध कृतिमतामा खुसी हुनु बेकार छ ।
तन र मनको नियतात्मा सन्तुलनमा इन्द्रियहरु वहसमा रहुन तृष्णाहरु बढी नजागुन शाश्वत सत्य “एउटा युवा जसरी बूढो हुन चाहन्न त्यसरी नै एउटा बूढीले युवा हुन नखोजेकै राम्रो ” किनकि कायाकल्पमा पहिलेका प्राचीन पूर्वजहरुले खासमा देह ,मन, यौवन,ध्यान धारणाद्वारा मोक्ष लाभ गर्ने कोशिस गर्थे भने आजका आधुनिक मान्छेले जीवनको सुख भोगका खातिर यौवन पाउन लालायित देखिन्छन । समसामयिक विषय रजोगुण तृष्णाले भाएग्रा आदिको आश्रय लिनु प्रकृतिलाई जिस्काइएको ठहर्दछ नै ।
जीवन रुपी शरीरलाई परिवर्तित गरी जीवन भोग गर्ने वा मृत्युञ्जय बनाउने प्रयत्नको मुख्य पात्र अनुज कृपालानी र पत्नी नयना बीचको प्रणय सूत्र बेरसिलो अनुरागको तृष्णा, उनमत्त यौवन र बृद्ध शरीरको कायाकल्प दुई नारी पात्रका रहस्य पूर्व प्रेमिका र पत्नीको तुलनाले सृष्टिको विपरीत अभ्यासमा दाँजे जस्तो लाग्दछ । डा. अनुज र नयनाका दुई सन्तान ऋतुराज र रंगलाल भारतीय संस्कृतिको संघार नागेर अमेरिकी संस्कारमा चुलुम्मै डुबेका, बाबु र आमा बीचको आन्तरिक बैमनस्यको द्वेष, ईष्र्या, एवम् रोषको परिणति होला। नयनाले भर्भराउँदो यौवन गुमाउन नचाहाँदा बिकल्प खोज्नु, अनुजले पत्नी गुमाउनु , निरन्तर खोज अनुसन्धानमा तल्लिन रहने बानीले असमय अगावै बृद्धत्व प्राप्त गरेका र घर परिवार प्रति बेखबर रहने बानीले गर्दा यौवना पत्नीले तिरस्कार गरेकीले र भएका भएका सन्तान बेपर्वाहसँग बतासिनु अतृप्त तृष्णाले निम्ताएको समस्या हो ।
कायाकल्प शरीरको रुपान्तरण अर्थात बूढो शरीरलाई कायापलट गरेर यौवनमा परिपूर्ण युवामा बदलेर अर्कै बनाउने कल्पना र अभ्यास हाम्रा ऋषिमूनिहरुले पनि गरेका थिए भने आधुनिकीकरण विज्ञानिहरुका खोजका अपजले नै वा भीएग्राले परिवर्तित जीवन भोग गर्न भावोद्वीपक औषधिय प्रवृतिसँगै ईष्र्या, द्वोष, सन्ध्य, घृणा र मानवताबादी चेतनाको महत्वलाई दर्साइएको छ। जस्तो कि मान्छेले सम्पूर्ण जीवन कृतिम रुपमा यौनमत्त भएर मर्यादा हराउनु हुन्न। र, प्रकृतिको नीतिनियमको दायरामा बाँच्नुनै जीवन जिउनु हुन्छ। किनकि कर्तव्य र आकाक्षा एउटै होइन्न। काम बासनाको तृप्ती तृष्णाका लागी उमेर अन्तरले पुर्याएको बाँधाले प्रियतमाले साथ छोड्नु यौवनमा काग पनि मयूर हुन खोज्दछ। सबै आकाक्षा पुरा हुन्नन ।
ईश्वर वा प्रकृति माथिको धावा, यौवन प्राप्ती गर्ने कामोउत्तेजक औषधिको सोध आकाशकुशुम सरह ठानिन्छ। युगान्तकारी वैज्ञानिक स्टिफेन हकिन्सकाअनुसार प्राकृतिक नियमहरुकोबीचमा नै ईश्वरको अवस्थिति खोज्न सकिन्छ कि ? साइबर क्यूको यौवन र यौनताको भारतीय वैज्ञानिकसँगको गोप्य कुरा भारत बिज्ञानगारमा काम गर्ने मानिसबाट सिन्डेनाफिल साइट्रेड सस्तोमा उत्पादन गर्ने प्रविधिको चोरी डा. मधुकर गेटेको विश्वासघात कायाकल्प र सिन्डेनाफिल साइट्रेडको सोध साइबर क्यूको सड्यन्त्रलाई चुनौति हर्ष वा विस्मात यसले मानव जगतलाई अल्मलमा राख्यो कि ? कतै प्रकृतिको नियमलाई लथालिङ्ग पारी भत्काउन मिल्छ र ? कृतिको सारमा एक महान विख्यात रसायनविद् र जैवप्रयुक्तिविद् अनुज कृपलानीको जराविज्ञानको खोजसँग कृषि क्रान्तिका अभियान्ता बैज्ञानिकले आत्मोत्सर्गका रजोगुणले लिप्त र ग्रसित औधि विश्रृङ्गखलताले भोग र वासनालाई अति अत्याधुनिक पाश्चात्य विज्ञानिका कायाकल्प चिकित्साले बूढालाई युवा बनाउन सफल रही आफ्नी पूर्वप्रमिका अजन्ता दीक्षितलाई युवतिमा परिणत गरी डा. अनुज स्वयमले पनि कायाकल्पको प्रयोग गरी सफल भएर पनि यसको उत्पादनले भविष्य अन्धकार बनाउला भन्ने ठानेर आफ्ना सबै खोज र आविष्कारलाई नष्ट गरेर सुखानुभूति प्राप्त गरे । तृष्णा र प्राचीन पूर्विय दर्शनका ज्ञान तृष्णा र तृप्तीबीचको अन्तरद्वन्द्व चिरयौवन, भोगविलास, इन्द्रियहरु र तृष्णा तृप्त वा सन्तुष्ट पार्न चाहेर पनि मनका इच्छाहरु अधुरानै रहन्छन । यो नै यर्थाथ हो ।
एवं वुद्धेः परं वुद्ध्वा संस्तभ्यात्मानमात्मना ।
जहि शत्रुं महावाहो कामरुपं दूरासदम । ।
(बुद्धिदेखि पर अत्यन्त श्रेष्ठ आत्मालाई जानेर बुद्धिका माध्यमले मनलाई वसमा गर्दै हे महावाहो कामरुपी दुर्जन शत्रुलाई नष्ट गर या मार ।)
अतः नासवान क्षणभंगुर संसारका अनित्य भोगहरु भोग्नमा मात्र आफ्नो जीवनको अमूल्य समय विंयाल्नु हुदैन । (गीता ज्ञान)
जीवनको यौवनपूर्ण मन र कामना लिने आधुनिक उपभोेक्ता लागि भोग विलासका सामाग्रीहरु मल्टिनेशनल कम्पनिले विश्व बजारमा बेच्दाछन् । आध्यात्मिक चिन्तनको लक्ष्य, सुख र सन्तोष प्राप्ति हो । कामवासना पूर्ण नभए मनले विरोध जनाउँदछ र सुख हराउँदछ । बेदान्तले जीवन दर्शन गराएझै काम, क्रोध, लोभ, मोह आदि हाम्रा बैरी हुन् र स्वभाविक रुपमा युवा, प्रौढ र बृद्ध हुनु त प्रकृतिको नियमनै हो यसले सन्तुलन कायम राख्दछ भन्दै कृतिका नायक अनुजले कायकल्प प्रस्तुतिको रहस्य र प्रणालीलाई अनैसर्गिक भोग एवम् तिनका साधानको प्रतिपादन भोग, ऐश्वर्यका अति आसक्तिले भरंङ्ग भएका कायाकल्पका मुल पात्रहरु डा. अनुज, नयना र अजन्ता समेतको उमेर अन्तरको सेक्सुअल सेलेक्सनले निम्त्याएको त्रिकोणात्मक चरित्र चित्रणको भूमिकाले छलाङ मारेको भाव कालजयी उपन्यासमा नैसर्गिक सौन्दर्य, भोगको खिलाफमा तपस्वीमुनिहरुलाई पनि छाँयामा पार्न खोजेझै ज्ञात हुन्छ । जे होस नैसर्गिक र अनैसर्गिक पक्षबीचको द्वन्द्वतात्मकतालाई मनोदशाको दोसाँदमा उभ्याएकै हो की ? अन्त्यमा उत्कृष्ट कृति कायाकल्प लेखन कला पोटन्सियल, परिष्क्रित विद्वताको परिचायकका रुपमा कृतिको भूमिका रहेको आभाष हुन्छ ।
भोग एवम् तिनका साधनहरुको प्रतिपादन गरेर तिनका साधनमा भोग र ऐश्वर्यका अति आशक्तिले भरङ्ग भएका कायाकल्पका डा. अनुप नयना र अजन्ता दीक्षितको भूमिकाले प्रष्टाइदिएको भान हुन्छ । यसरी यो कृति अलग धार र शैलीमा लेखिएको हुनाले पनि रोचक र उत्कृष्ट लाग्दछ र यो अनुवाद कृति पढ्दा आनन्दानुभूतिको अनुभव गर्न सकिने भएकोले खासमा उपन्यासकारको खुबी र विद्वताको कदर नगरि रहन सकिन्न ।
नारायण प्रसाद शर्मा फुयाल
