३५ लाख लागतमा युनिसेक्स सलोन सञ्चालन

३५ लाख लागतमा युनिसेक्स सलोन सञ्चालन


  • 13.5K
    SHARES
    • आश्विन १७, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 20.7K Views

    ३५ लाख लागतमा युनिसेक्स सलोन सञ्चालन

    तुलसीपुर १७ असोज । तुलसीपुरको विपि चोकमा ३५ लाख लागतमा द हुष्टेल युनिसेक्स सलोन सञ्चालनमा आएको छ । घटस्थापनाको अवसर पारेर सलोनको उद्घाटन गरिएको हो । सलोनको विहिबार एक कार्यक्रमका बीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद गेहेन्द्र गिरीले उद्घाटन गर्नु भएको हो । 

    images

    अरुण लहरे र राजेस बुढाथोकीको संयुक्त लगानीका सलोन सञ्चालनमा आएको हो । युवाहरु विदेश पलायन भइराखेको बेला स्वदेशमै केही गर्नुपर्छ भन्ने उद्देश्यका साथ सलोन सञ्चालनमा ल्याएको सञ्चालक अरुण लाहरेले बताउनु भयो । 

    सलोनमा ३ पुरुष ७ महिला गरी जम्मा ११ जनाले रोजगारी पाएका छन् भने सलोनमा बालबालिकादेखि सबै उमेर समूहका महिला पुरुषले सेवा लिन सक्ने उहाँले बताउनु भयो । 


    तेस्रो आँखा