नागरिकलाई सहजरुपमा सेवा दिन स्वास्थ्य मन्त्री पौडेलको आग्रह

नागरिकलाई सहजरुपमा सेवा दिन स्वास्थ्य मन्त्री पौडेलको आग्रह


  • 4.7K
    SHARES
    • आश्विन १८, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 7.2K Views

    नागरिकलाई सहजरुपमा सेवा दिन स्वास्थ्य मन्त्री पौडेलको आग्रह

    ललितपुर, १८ असोज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिकलाई सहजरुपमा सेवा प्रदान गर्न पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीलाई निर्देशन दिनुभएको छ । 

    images

    प्रतिष्ठानको आज निरीक्षण गर्दै मन्त्री पौडेलले अन्य सरकारी अस्पतालको तुलनामा प्रतिष्ठानको सेवा अझ उदाहरणीय बनाउनुपर्नेमा जोड दिनुभयो । “यहाँको सेवा तुलनात्मक रुपमा राम्रो छ, यसलाई अझ राम्रो बनाउन जरुरी छ”, उहाँले भन्नुभयो ।

    प्रतिष्ठानले अनलाइन सेवा थालेकामा प्रशंसा गर्दै मन्त्री पौडेलले कुर्नुपर्ने समय अझ घटाएर बिरामीलाई सहज सेवा दिन आग्रह गर्नुभयो । “अनलाइन सेवा अझ प्रभावकारी बनाउनुपर्छ”, उहाँले भन्नुभयो । अस्पतालको अवस्थाबारे जानकारी लिन आएको उल्लेख गर्दै मन्त्री पौडेलले सेवा प्रभावकारी बनाउनका लागि सघाउन मन्त्रालय तयार रहेको बताउनुभयो । 

    निरीक्षणका क्रममा मन्त्री पौडेललाई प्रतिष्ठानका उपकुलपति प्रा डा राजेशनाथ गंगोलले स्वागत गर्नुभएको थियो । आफ्नै स्रोत साधनमा धेरै बिरामीलाई सेवा प्रदान गर्नुपरेको उल्लख गर्दै उहाँले अस्पतालको नयाँ भवन निर्माणका लागि सहयोग गर्न मन्त्री पौडेल समक्ष आग्रह गर्नुभयो । सो अवसरमा मन्त्री पौडेलले अस्पतालको नयाँ भवन निर्माणका लागि पहल गर्ने आश्वासन दिनुभयो । 

    मन्त्री पौडेलले विपद्का क्रममा घाइते भएका बिरामीको उपचारबारे जानकारी लिँदै सरकारले घोषणा गरिएअनुसार नै निःशुल्क सेवा दिएकामा अस्पताललाई धन्यवाद दिनुभयो । प्रतिष्ठानका रजिष्टार डा पारसकुमार आचार्यले सेवाको गुणस्तर बढाउन मन्त्रालयको निर्देशनअनुसार काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।


    तेस्रो आँखा