काठमाडौं, १५ फागुन । एक गायिकामाथि बलात्कार गरेको मुद्धा परेपछि तनहुँ प्रहरीले नायक पल शाहलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी, राजेन्द्रबाबु रेग्मीले तेस्रो आँखासंग भने ‘उहाँ(शाह) हाम्रो नियन्त्रणमा हुनुहुन्छ, उहाँमाथि अनुसन्धान सुरु भएको छ ।’
प्रहरीले आफ्नो अनुसन्धान पुरा गरेपछि नायक पललाई अदालतमा पेश गर्ने छ । तर कहिले सम्म बुझाई सक्ने भन्ने एकिन नभएको एसपी रेग्मीले बताए । ‘हामीले अनुसन्धान पुरा गरेपछि अदालतमा पेश गर्छौँ,’ उनले भने ‘तर अनुसन्धान कहिले सम्म सकिन्छ भनेर एकिन भन्न सकिन्न ।’ पल आज तनहुँ प्रहरीको सम्पर्कमा आफै पुगेका हुन् ।
