तुलसीपुरमा लामखुट्टेको लार्भा तथा अण्डा नष्ट गर्ने अभियान

तुलसीपुरमा लामखुट्टेको लार्भा तथा अण्डा नष्ट गर्ने अभियान


  • 4.0K
    SHARES
    • आश्विन २३, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 6.2K Views

    तुलसीपुरमा लामखुट्टेको लार्भा तथा अण्डा नष्ट गर्ने अभियान

    तुलसीपुर २३ असोज । तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य पर्वद्धन शाखाले दशै लक्षित डेंगु रोग फैलाउने लामखुट्टेको बासस्थान खोजी गरी लार्भा तथा अण्डा नष्ट गर्ने सरसफाइ अभियान सुरु गरेको छ । जस अन्तरगत बुधबार बिहान तुलसीपुर उपमहानगरपालिका वडा नं। ६ को सहकार्यमा वडाका विभिन्न स्थानमा डेङ्गुको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सम्पन्न भएको छ । तुलसीपुर ६ वडाको् वडा कार्यालयबाट सुरु भएको अभियानमा ज्ञानज्योति मावि, एकान्त होटेल, विद्यतु प्राधिकरण तुलसीपुर, वेष्टर्न होटल लगायत वर्कसप र पानी जम्ने स्थानहरुमा डेङ्गुको लार्भा नष्ट गरिएको थियो । 

    images
    WhatsApp Image 2024-10-09 at 12.35.46 PM (2).jpeg

    खासगरी डेङ्गु प्रभावित विरामीहरुको क्षेत्रहरुमा लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सुरु गरेको तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक बिमल केसीले जानकारी दिनुभयो । आज पहिलो दिन तुलसीपुर उपमहानगरपालिका वडा नं। ६ मा रहेका टायर, ड्रम र टिनको डिब्बाहरुमा पानी जमेको  स्थानमा लामखुट्टेको लार्भा धेरै मात्रामा भेटिएको केसीले बताउनु भयो । उहाँले काम नलाग्ने, पानी जम्ने बस्तुहरु भएमा तुरुन्तै हटाए लामखुट्टेबाट लाग्ने डेँगु जस्ता रोगहरुबाट बच्न सकिने बताउनु भयो । उहाँकाअनुसार अहिले पनि तुलसीपुर क्षेत्रमा लामखुट्टेको टोकाइबाट करिब ४ सय जना बिरामी भएका छन् । हातखुट्टा दुख्ने, टाउको दुख्ने, समस्या भएका बिरामी धेरै भएकाले सबैले हप्तामा एक पटक आफ्नो घरको वरपर सरसफाई गर्ने अभियान चलाएमा डेंगुबाट बच्न सकिने उहाँले बताउनुभयो । “सात दिनमा लार्भा बन्छ, सात दिनमा बनेको लार्भाले हामीलाई ३० दिनसम्म टोक्छ”, उहाँले भन्नुभयो “अहिले हरेक लार्भा संक्रमित छन, सबैले सचेत भएर बच्नको लागि सरसफाईमा बिशेष ध्यान दिनुपर्छ ।”
     
    अनुगमनका क्रममा विभिन्न स्थानहरुमा भेटिएका डेंगुका लार्भाहरु नष्ट गरी डेंगुको लार्भा बन्न नदिन र लामखुट्टेको टोकाइबाट बच्ने उपाय र सावधानीबारे जानकारी गराइएको थियो । घरभन्दा बाहिर खुला ठाउँमा रहेको बाल्टी, ड्रम, पानी जम्ने वस्तुहरु घोप्ट्याएर राख्ने वा प्लाटिकले छोपेर राख्न आग्रह गरिएको थियो । 

    WhatsApp Image 2024-10-09 at 12.35.45 PM.jpeg

    आधारभुत स्वास्थ्य केन्द्र गौलौराका प्रमुख बसन्त आचार्यले अहिले डेंगु महामारीकै रुपमा फैलिएको बताउनुभयो । डेँगु भाइसबाट लाग्ने रोगबाट बच्नका लागि लार्भा खोज्ने र नष्ट गर्ने अभियान चलाएको उहाँको भनाई छ ।  “पानी जम्ने टिनको डिप्बा, एसी कुलर भएको ठाउँमा लामखुट्टेको लार्भा रहन सक्छ”, उहाँले भन्नुभयो,  “पानी जम्ने ठाउँमा हप्तामा दुई दिन सफा गरेमा यो रोगबाट बच्न सकिन्छ ।” बुधबार वडा नं। ६ का विभिन्न विद्यालय, घरहरुमा गएर लार्भा नष्ट गर्ने अभियानमा चलाएको उहाँले बताउनुभयो ।

    विशेषगरी सरकारी कार्यालय, कवाड, होटल परिसरमा पानी जम्ने खालका वस्तुहरु बाहिर जथाभावी राख्नाले डेंगु फैलिने गरेको स्वास्थ्यकर्मीहरुको भनाइ छ । डेंगुले लार्भा उत्पादन गर्ने र डेंगु फैलिन सघाउ पु¥याउने बस्तुहरु सरकारी कार्यालयमा अस्तव्यस्त रहेको उनीहरुको भनाइ थियो । 

    WhatsApp Image 2024-10-09 at 12.35.46 PM (1).jpeg

    तुलसीपुर उपमहानगरपालिका वडा नं। ६ का वडाध्यक्ष दुजमान भण्डारी, (वर्षात) ले बुधबार वडा कार्यालयबाट डेंगु रोग सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियानमा सुरु गरेको बताउनुभयो । “वडाको क्षेत्रभित्र रहेका विभिन्न होटल, स्कुल, ग्यारेज,  वर्कसपमा लामखुट्टेको लार्भा भेटिए”, उहाँले भन्नुभयो “लामखुट्टे सफा र जमेको पानीमा बस्ने भएकाले हामीले आज लार्भा खोज्ने, नष्ट गर्ने र स्थानीयहरुलाई सचेतना दिने काम गरेका छौं ।” साथै उहाँले घर वरपर पानी जम्न नदिने, पानी राख्ने भाडो ढाकेर राख्न सबैमा आग्रह गर्नुभयो । उक्त अभियानमा स्वास्थ्यकर्मी, जनप्रतिनिधि, स्वंयम सेविका लगायतको उपस्थिति थियो ।


    तेस्रो आँखा