अभिनेता पल शाहविरुद्ध गैंडाकोटमा पनि उजुरी

अभिनेता पल शाहविरुद्ध गैंडाकोटमा पनि उजुरी


  • 6.6K
    SHARES
    • फाल्गुण १५, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 10.2K Views

    अभिनेता पल शाहविरुद्ध गैंडाकोटमा पनि उजुरी

    चितवन, १५ फागुन । बलात्कारकाे आरोप  लागेका अभिनेता पल शाहविरुद्ध इलाका प्रहरी कार्यालय नवलपुरको गैंडाकोटमा अर्को उजुरी दायर भएको छ ।

    images

    शाहले करिव एक वर्ष अघि गैंडाकाेटस्थित एक हाेटलमा आफूलाई बलात्कार गरेकाे भन्दै एक युवतीले गैंडाकाेट प्रहरीमा किटानी जाहेरी दिएकी हुन् । जहेरीमा पल शाहले आफूलाई २०७७ चैत ७ गते गैंडाकाेटकाे एक हाेटलमा जबरजस्ती करणी गरेकाे आराेप लगाइएकाे छ । 

    नाबालिग एक गायिकाले चार दिनअघि उनीविरुद्ध तनहुँमा बलात्कार आरोपमा उजुरी दिएकी थिए । उनकै उजुरीका आधारमा प्रहरीले शाहलाई पक्रन सर्कुलर जारी गरेको थियो । प्रहरीको सर्कुलरसँगै फरार रहेका अभिनेता शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आइतबार आत्मसमर्पण गरेका थिए । अहिले उनी प्रहरी हिरासतमै छन् । 

    गैँडाकोटमा उजुरी परेसँगै अब आरोपित शाहलाई तनहुँबाट झिकाएर अनुसन्धान गर्ने जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएकाे छ। 


    तेस्रो आँखा