२४ घण्टामा थपिए १११ जना कोरोना संक्रमित 

२४ घण्टामा थपिए १११ जना कोरोना संक्रमित 


  • 6.6K
    SHARES
    • फाल्गुण १५, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 10.1K Views

    २४ घण्टामा थपिए १११ जना कोरोना संक्रमित 

    काठमाडौं, १५ फागुन । पछिल्लो २४ घण्टामा नेपालभर एक सय ११ जना कोरोना संक्रमित थपिएका छन् । 

    images

    नेपालभर नौ हजार सात सय १० जनामा गरिएको परीक्षणका क्रममा एक सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    छ हजार चार सय ८६ जनामा गरिएको पिसिआर परीक्षणका क्रममा ९४ जनामा र तीन हजार दुई सय २४  जनामा गरिएको एन्टीजेन परीक्षणका क्रममा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

    मन्त्रालयका अनुसार नेपालभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । त्यस्तै चार सय १५ जनाका कोरोना संक्रमित निको भएका छन् । 

    हाल नेपालभर सक्रिय कोरोना संक्रमित संख्या आठ हजार पाँच सय १७ रहेको छ ।

    15 gate.jpg

  • सम्बन्धित विषय:

  • # काेभिड

  • तेस्रो आँखा
    लेखकबाट थप