काठमाडौं, १५ फागुन। तनहुँमा नायक पल शाहविरुद्ध बलात्कार मुद्दा दर्ता गर्ने गायिकाले नवलपरासी प्रहरीमा पनि बलात्कार मुद्दा दर्ता गरेकी छन्।
गायिकाले आफू गैंडाकोटमा पनि पलबाट बलात्कृत भएको भन्दै ईलाका प्रहरी कार्यालय गैंडाकोटमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रवक्ता, डिएसपी दिलिपकुमार गिरीले जानकारी दिए।
अब पल विरुद्धको मुद्धा तनहुँ र गैंडाकोटमा सँगसँगै चल्ने छ। पलको मुद्दाबारेमा हामीले जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रवक्ता, डिएसपी दिलिपकुमार गिरीसंग कुराकानी गरेका छौँ ।
सुनौँ यो (अडियो कुराकानी )
