राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा परे यी २० खेलाडी

राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा परे यी २० खेलाडी


  • 7.5K
    SHARES
    • फाल्गुण १५, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 11.6K Views

    राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा परे यी २० खेलाडी

    काठमाडौं, १५ फागुन ।  आईसीसी पुरुष विश्वकप क्रिकेट  लिग टु अन्तर्गत युनाईटेड अरब इमिरेट्स युएई मा हुने सिरिजका लागि नेपालले २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

    images

    नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक पुबुदु दशानायाकेले २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हुन् 

    नेपालले मार्चमा हुने सिरिजमा युएई र पपुवा न्यू गिनी पीएनजी विरुद्ध खेल्नेछ ।

    सिरिजको पहिलो खेलमा नेपालले पीएनजीविरुद्ध खेल्नेछ  ।

    नेपाल र पीएनजीबीचको खेल मार्च १६ मा शारजहा क्रिकेट मैदानमा हुनेछ ।

    नेपालले दोस्रो खेल युएईविरुद्ध मार्च १८ मा खेल्नेछ ।  नेपालको तेस्रो खेल युएईविरुद्ध नै मार्च २१ तारिखमा हुनेछ ।

    नेपालले अन्तिम खेल पीएनजीविरुद्ध मार्च २२ मा खेल्नेछ ।

    लिग टु अन्तर्गत ७ टिम सहभागि रहेका छन् ।

    ओमानले २३ खेलबाट ३० अंक जोडेको तालिकाको शीर्ष स्थानमा रहेको छ ।

    यता १२ खेल खेलेको स्कटल्यान्ड १६ अंक, १६ खेल खेलेको अमेरिका १४ अंक, १० खेल खेलेको युएई १२ अंक तथा ९ खेल खेलेको नामिविया १० अंक सहित क्रमश दाेस्राे स्थान देखि पाँचौ स्थानसम्म रहेका छन् ।

    नेपाल भने ८ खेलबाट ८ अंक जोड्दै छैठौं स्थानमा छ ।

    पीएनजीले भने १२ मध्ये कुनैपनि खेलमा जित हात पारेको छैन ।

    बन्द प्रशिक्षणमा रहेका खेलाडीहरु:

    सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल,आरिफ शेख, आसिफ शेख, कमल सिंह ऐरी, विवेक यादव, सागर ढकाल, गुलशन झा, करण केसी, विनोद भण्डारी, रोहित कुमार पौडेल, सोमपाल कामी, बिक्रम सोब,भिम शर्की, पवन सर्राफ, शुशन भारी, राजु रिजाल, अनिल कुमार शाह

  • सम्बन्धित विषय:

  • # खेलकुद

  • तेस्रो आँखा
    लेखकबाट थप