पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो


  • 2.5K
    SHARES
    • आश्विन २९, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 3.8K Views

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    काठमाडौँ, २९ असोज । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले आज रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु एक, डिजेल र मट्टितेलमा प्रतिलिटर रु चार वृद्धि गरेको हो ।

    images

    मूल्य समायोजनसँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर रु एक सय ५६.५०, दोस्रो वर्गमा रु एक सय ५८ र तेस्रो वर्गमा रु एक सय ५९ तथा डिजेल र मट्टितेल पहिलो वर्गमा रु एक सय ४८.५०, दोस्रो वर्गमा रु एक सय ५० र तेस्रो वर्गमा रु एक सय ५१ कायम भएको छ ।

    निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवासी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई वर्गीकरण गरेको छ ।


    तेस्रो आँखा