सल्यान जिल्लाकै प्रसिद्ध सिद्ध कुमाख मन्दिरमा दर्शनार्थीको  घुईचो

सल्यान जिल्लाकै प्रसिद्ध सिद्ध कुमाख मन्दिरमा दर्शनार्थीको  घुईचो


  • 17.9K
    SHARES
    • आश्विन ३०, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 27.5K Views

    सल्यान जिल्लाकै प्रसिद्ध सिद्ध कुमाख मन्दिरमा दर्शनार्थीको  घुईचो

    सल्यान, ३० असोज । सल्यान जिल्लाको प्रसिद्ध कुमाख लेक समुन्द्र सतहदेखि २५३७ मिटर उचाइमा अव्यवस्थित छ । यो लेक सिद्ध कुमाख गाउँपालिका र कुमाख गाउँपालिकाको बीच भागमा चट्टानझै अडिएको छ । यो लेख कुमाख गाउँपालिका वडा नम्बर ७ हिले र ओखरबोट भन्ने ठाउँको बीच भागको अग्लो लेकमा अवस्थित छ । 

    images

    कुमाख लेखको टुप्पोमा सिद्ध मन्दिर रहेको छ । यस मन्दिरमा प्रत्येक वर्षको बिजया दशमीदेखि पूर्णिमासम्म पुजा हुने गर्दछ । यहाँ पहिलो पटक पुग्ने भक्तजनले ५/७ पटकसम्म मन्दिरको परिक्रमा गरि वर मागे पूरा हुने जनविश्वास रहेकाे छ । मागेको भाकल पूरा भएमा भेडाको बली चढाउने परम्परा चल्दै आएको छ ।

    WhatsApp Image 2024-10-16 at 11.11.19 AM (1).jpeg


     
    कुमाख लेकमा अवस्थित सिद्ध कुमाख मन्दिर एउटा शक्तिशाली मन्दिरको रुपमा परिचित भएको छ । जहाँ धेरै बर्षदेखि विवाह गरेको जोडिको सन्तान नहुने समस्यालाई यो मन्दिरमा दर्शन गरि फुलपाति तथा विभिन्न भाकल गरेपछि भगवान प्रसन्न भई सन्तान प्राप्ति भएको हुने जनविश्वास रहेकाे छ । यहाँ दर्शन गर्न आउने भक्तजनहरुको दशमीको दिनदेखि पूर्णिमाको दिनसम्म घुँईचो हुन्छ ।

    आमाबुवा बन्न नसकेका विवाहित जोडिले सन्तान प्राप्तिको भाकल पूरा गर्न यस मन्दिर पुग्ने गरेका छन् । वर्षौदेखि आमाबुवा बन्न नसकेका विवाहित जोडिले गरेको भाकल पूरा भएमा बरको माध्यमबाट प्राप्त सन्तान पुत्र वा पुत्रीलाई भेडा लिएर मन्दिर दर्शन गर्न जाने प्रचलन छ । यो मन्दिरमा भाकलअनुसार मन्दिर दर्शन गर्न नगएमा मन्दिरका देउता रिसाउने र अनर्थ हुने भनाइ छ ।

    WhatsApp Image 2024-10-16 at 11.11.19 AM.jpeg

    एउटा ढुंगाको चट्टानमा अवस्थित यो मन्दिर धार्मिक रुपमा प्रसिद्ध मानिन्छ । यहाँ सल्यान जिल्लालगायत, रुकुम र सुर्खेतबाट समेत दर्शन गर्न श्रद्धालु भक्तजनहरु आउँछन ।

    सल्यान जिल्लाको एक मात्र हिउँ पर्ने लेक पनि कुमाख लेक हो । यस लेकमा पुस र माघमा हिउँ पर्दछ । कुमाख लेकको नाममा कुमाख गाउँपालिकाको नामाकरण गरिएको हो । जो लेखमा सिद्धको मन्दिर पनि अवस्थित भएकाले सिद्ध कुमाख गाउँपालिकाको नामाकरण पनि गरिको छ । 

    पर्यटकीय घुमघाम तथा दृश्य अवलोकनको लागि कुमाख लेक निकै सम्भावना बोकेको धार्मिक स्थल हो । प्रत्येक बर्षको बिजया दशमीको चर्तुदशी र काेज्रागत पूर्णिमाको दिन मन्दिरदेखि करिब १ किलोमिटर तल सिद्ध कुमाख र कुमाख गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने समतल भुभागमा सल्यान जिल्लाकै ठुलाे मेला लाग्ने गर्दछ । जुन मेलामा लोप हुँदै गएका सोरटी, श्र्यङगे, टप्पा जस्ता परम्परागतदेखि चलिआएका नाच नाचिन्छ ।

    WhatsApp Image 2024-10-16 at 11.10.22 AM.jpeg


    रुपा थापा
    लेखकबाट थप