कस्तो अवस्थामा होल्डबडी चेकअप गर्ने ?

कस्तो अवस्थामा होल्डबडी चेकअप गर्ने ?


  • 4.2K
    SHARES
    • कार्तिक २, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 6.4K Views

    कस्तो अवस्थामा होल्डबडी चेकअप गर्ने ?

    काठमाडौँ, ०२ कात्तिक । कतिपय व्यक्तिहरुमा डाक्टरलाई कुनबेला जचाउन जाने भन्ने थाहा हुदैन । बजारमा हुने फुलबडी, होलबडी चेकअप भनि गरिने एडभटाइजमेन्टमा मानिसहरु बढी आकर्षित रहेको पाइन्छ ।  व्यक्तिले आफनो समस्या थाहा नपाई आफुखुशी डाक्टरलाई नभेटी फुलबडी, होलबडी चेकअप गराइरहेका हुन्छन । तर फुलबडी होलबडी चेकजाँँचमा तत्काल समस्या नदेखिएपनि कतिपयमा पछि दीर्घकालिन जटिल प्रकारका समस्याहरु देखिन सक्छन् । 

    images

    होलबडी, फुलबडी भनि विभिन्न किसिमको चेकजाँच गछौँ । चेकजाँचमा तत्कै कुनै समस्या नदेखिएपनि त्यस्तो चेकजाँचले व्यक्तिलाई निरोगी हो भनेर देखाउन सक्दैन । हामी यदी आफुलाई रोग लागेको छ भने सम्बन्धित चिकित्सकहाँ गएर परामर्श लिनुपर्छ र त्यो सम्बन्धि चेकजाँच गर्नुपर्छ । तर जुन मानिस स्वस्थ छ । कहिले कहिले के जाँँच गर्ने भन्ने मेडिकल क्राइटएरिया जुन उमेर, समस्या र पारिवारिक रोगहरु, जेनेटिक डिजिजहरुहरुबाट थाहा हुन्छ । 

    होलबढी चेकअप भन्नाले के के जाँच गरिसकेपछि होलबडी भन्ने त रु होलबडी चेकअप एमआरआई गरेर भन्नेकि सिटिस्क्यान गरिसकेपछि होलबडी भन्ने की । इन्डोस्कोपी गरेर भन्ने की । तर अस्पतालहरुमा भएको सुविधाहरु दिएर यहि नै हो होलबडी चेकअप भनेर भन्ने गरेको पाइन्छ । 

    समस्या भयो भने जचाउनुपर्छ । तर जनरल चेकअप गर्नुपर्छ । बालवाललिकाहरुमा कुनै समस्या छ भने जाँच प्रत्याल ल्याप टेस्ट भनेको छ भने गर्नुपर्छ । १८ वर्ष उमेर कटेका व्यक्तिहरुमा एकपटक जनरल चेकअप गर्नुपर्छ भनिन्छ । जनरल चेकअपमा साधारण रगको परिक्षण, किट्नी मृगौलाको परिक्षण, सुगर थाइराइड, सिबिसि काउन्ट र यदी आफुलाई कुनै रोगको लक्षण देखापरेको छ भने मुटुको जाँच गरिन्छ । र यसको जाँच गरेर व्यक्ति स्वस्थ छ भन्ने बुझन सकिन्छ । 

    ३५ वर्ष कटिसकेका छन भने । समस्याको आधारमा जाँच गरिन्छ । सबै व्यक्तिमा होलबडी फुलबडीको प्याकेज अनुसारको जाँच नहुन सक्छ । 
    भ्रम र यथार्थ वास्तवमा डाक्टरकहा कुन बेला जाने कतिखेर हाम्रो शरिरको चेकजाँच गर्ने भन्ने कतिपय भ्रम छ । 

    एउटै विरामीले वर्षमा तिनपटक एउटै जाँच गरिरहेको हुन्छन । एकपटक चेकजाँच गरिसकेपछि पटक पटक गरिरहनु पर्दैन । जस्तै कुनै बिरामीको मुटु सम्बन्धि रोग रहे नरहेको स्क्रिनिङ गरिन्छ । त्यो व्यक्तिमा समस्या छैन भने तिन तिन महिना वर्षैपिछे मुटुको जाँच गरिराख्नुपर्दैन । तिनवर्षमा एकपटक गरे पुग्छ ।  उमेर अनुसार शरिरको समस्या चिकित्सकलाई भन्ने र चिकित्सकको सल्लाहबमोजिम भनिएको जाँच मात्र गर्ने गर्नुपर्छ । 

    कतिपय समस्यामा चेकजँँचको क्रममा बोडरलाइन देखाइरहेको हुन्छ । त्यो बोडर लाइनको खासै महत्व हुदैन । तर व्यक्तिले आफैले आफनो रगत परिक्षण गर्छन र हाइलाइड भएका चिजहरु गुगल गरेर हेर्छन । जसले गर्दा नराम्रो रोगहरु देखाउने हुन्छ । क्यान्सरहरु देखाइरहेको हुन्छ । नराम्रा दिर्घरोगहरु देखाइरहेको हुन्छ । र मानिसको मानसपटलमा मलाई कुनै ठुलै रोग लागेको हो की भनेर एउटा स्वस्थ व्यक्ति मानसिक रोगिमा परिणत हुन जान्छ । 
    भिडियो एक्सरे गर्यो माइन्ड फयाक्टीलेभर भनिदिएको हुन्छ । आत्तिनु पर्दैन खानपानमा कन्टोल गर्यो, व्यायाम गर्यो भने आफै निको भएर जान्छ । तर यसलाई तर्साएर पछि गएर कलेजो बिग्रने लगायतका अन्य समस्या देखिन्छ भन्ने बुझयो भने मानिसलाई मानसिक बिरामी बनाउछ । त्यसैले होलबडी, फुलबडी चेकअप गराउन त्यति उचित हुदैन । तर जनरल चेकअप गराउनुपर्छ । आफनो उमेर अनुसार चिकित्सकले भनेअनुसार मात्र रगतको जाँच गराउनुपर्छ । 

    होलबडी चेकअप गरिन्छ भनेर विभिन्न आकर्षहरु लेखिएको हुन्छ । यसमा यति डिस्काउन्देखी फ्रि सम्मका कुराहरुले बिरामीलाई झुक्याउने पनि हुन सक्छ । यस्ता भ्रममा पर्नु हुदैन । जहिलेपनि पहिला चिकित्सकलाई भेट्ने र आफनो समस्या राख्नुपर्छ । यदी कुनै समस्या छैन भने उमेर अनुसार पारिवार रोगको समस्याबारे बताउने र आफुले केके जाँँच गरे आफु स्वस्थ छु भन्ने थाहा हुन्छ भन्ने वारे प्रष्ट रुपमा भन्नुपर्दछ । सोही अनुसार चिकित्सकहरुले परामर्श दिई गर्नुपर्ने जाँँचबारे बताउने गर्दछन । 

    १८ वर्ष मुनिका वालवालिकामा कुनै समस्या देखिएको छैन स्वस्थ छ भने चेकजाँच गर्नुहुदैन । यदी बच्चा प्रोपर डिप्लोमेट भएको छैन भने, रुघाखोकी पटकपटक लागिरहन्छ, स्यास्या भइरहन्छ, तौल बढेको छैन भने मात्र त्यस्तो वालवालिकालाई चिकित्सकको परामर्शमा जाँच गर्नुपर्छ । 
    १८ वर्षभन्दा बढीका व्यक्तिहरुले जाँच गराउनुअघि जनरल फिजिसियनलाई आफना कुराहरु राख्नुपर्छ । कतिपय व्यक्तिमा प्रेसर भएको थाहा नहुने पछि हुन्छ । वर्षमा एकपटक प्रेसर, सुगर, थाइराइड, शरिर दुख्ने समस्या छ भने भिटामीनको जाँच गर्नुपर्छ । तर केही समस्या छैन भने खासै जाँच गर्नुपर्दैन । 
    विरामीको हिस्टीबारे जानकारी लिएसँगै कुनै समस्या लागेमा जाँच गर्नु भनेर डाक्टरले जाँच गर्न लगाउछन । कुनै कुनै बिरामी समस्या लिएर तिन तिन महिना वर्षमा होलबडी चेकअप गर्नुपर्यो भन्ने गरेका पनि छन । 

    उमेर ३५ वर्षभन्दा माथि भइसकेको छ भने महिला र परुषहरुमा एक किसिमको जाँच हुन्छ । एउटै किसिमको लिस्ट महिला परुषलाई हुन्छ भन्ने हुदैन । फुलबडी चेकअपको नाममा एउटा लिस्ट दिने गरेको पाइन्छ । तर यो उपयोगि नहुन पनि सक्छ । फुल बडी चेकअप गरेको छु अब केहि भएको छैन भनेर बस्दा पछि कुनै समस्या देखिन सक्छ । त्यसैले समस्या र उमेर अनुसार चिकित्सकको परामर्श लिएर मात्र चेकअप गराउनुपर्छ । 

    चेक जाँचको नाममा चिकित्सकले कमिसन पाउँछन भनेर विभिन्न जाँच गराउन लगाउछन भन्ने कतिपयमा भ्रम पनि रहेको छ । तर सबै चिकित्सक एउटै हुदैनन । आफुलाई विस्वास लाग्ने जनरल ओपिडिमा आफनो समस्या भन्न सकिन्छ । र केही भएको छैन भने बताएको हिस्ट्रीको आधारमा चेकजाँँच गराउन सक्छन । यो फाइदाजनक हुन्छ । 

    कुनै व्यक्ति धुम्रपान मद्यपान गरिरहेको छ । फुलबडी चेकअप गराउछु अनि म्यानेज गर्छु भन्ने हुन्छन । चेकअपमा कुनै समस्या नदेखिदा कुनै समस्या छैन खादा के फरक पर्छ भन्ने हुन्छ । र पुन त्यस्ता चिजहरुमा प्रोत्साहन बढेको पाइन्छ । र उनीहरुमा गलत किसिमको भ्रम पनि हुन्छ ।  तर पछि समस्या जटिल रुपमा देखिने हुन्छ । उपचार नलाग्ने पनि हुन्छ । यस्ता किसिमको होलबडी चेकअपले नराम्रो किसिमको बिरामीलाई भ्रम पनि दिने गर्छ । अहिले केहि भएको छैन भनेर बुझने हुन्छ । कुनै व्यक्तिले इसिजि र इको जाँच गर्छन । अनि रिपोर्टमा केही देखिदैन । खानपान बार्दैनन् । र पछि समस्या देखिन सक्छ । इसिजि र इको गर्दैमा मुटुमा समस्या छैन भन्ने हुदैन । त्यसका लागि अन्य जाँचहरु गर्नुपर्ने हुन्छ । समस्याअनुसार चेकजाँच गर्नुपर्छ । यदी समस्या छैन भने उमेर अनुसार चिकित्सकको सल्लाहबमोजिम जाँच गर्नुपर्छ । 

    के गर्ने के नगर्ने ?

    यदी आफुमा समस्या छ भने समस्याबारे फिजिसियन डाक्टरलाई बताउने र फिजिसियनको सल्लाह बमोजिम जाँच गर्ने । आफुले गर्न लागेको जाँच के को लागि र केके थाहा हुन्छ भन्ने बारे प्रष्ट रुपमा सोध्ने ।  

    गुगल गरेर वा कुनै लिस्टको आधारमा यो यो जाँच गरिदिनुस भनेर  जाँच गर्नुहुदैन । कुनै आफुलाई चाहिएको जाँच लिस्टमा नहुन पनि सक्छ । 
    स्क्रिनिङ जाँच आफुखुसी गएर गर्ने गर्नुहुदैन । 

    समस्या र उमेर अनुसार चिकित्सकको परामर्श लिएर मात्र जनरल चेकअप गराउनुपर्छ । ३५ वर्ष उमेर कटिसकेपछि लक्षण केही पनि नभएपनि तिन तिन वर्षमा जनरल चेकजाँच गर्नुपर्छ । 

    आफुखुसी महंगा चेकजाँच गर्नुहुदैन । चिकित्सकको सल्लाह अनुसार मात्र जाँच गर्नुपर्छ । जथाभावी चेकजाँच नगर्ने । 

     


    तेस्रो आँखा