• ट्रेण्डिङ्ग :
पुनहिल–घोडेपानीमा पर्यटक आगमन उत्साहजनक

पुनहिल–घोडेपानीमा पर्यटक आगमन उत्साहजनक


  • 3.6K
    SHARES
    • कार्तिक ३, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 5.5K Views

    पुनहिल–घोडेपानीमा पर्यटक आगमन उत्साहजनक

    म्याग्दी, ३ कात्तिक । अन्नपूर्ण  गाउँपालिका–६ मा पर्ने पुनहिल–घोडेपानीमा छ महिनामा ११ हजार  ६०६ पर्यटकले भ्रमण गरेका छन् । यद्यपि यो गतवर्षको भन्दा कम  भएको घोडेपानीस्थित पर्यटक प्रहरी चौकीले जनाएको छ । 

    images

    उक्त चौकीका अनुसार गत वर्ष सोही अवधिमा १२ हजार छ सयभन्दा बढी विदेशी पर्यटक उक्त क्षेत्रमा आएका थिए । यो वर्ष ५७ देशका पर्यटक भ्रमणमा आएका छन् । पर्यटक आगमनको याम आरम्भ भएकाले कात्तिकमा पर्यटक बढ्ने घोडेपानी टोल सुधार समितिका उपाध्यक्ष जुलीठकुरी पुनले बताउनुभयो । आन्तरिक पर्यटकका निम्ति १० प्रतिशत छुटको व्यवस्था त्यहाँका होटलले गरेका छन् । पर्यटकको आगमनबाट आफूहरू उत्साहित भएको उहाँले बताउनुभयो । 

    कोरोना महामारीअघि वार्षिक ७० हजार पर्यटक आउने घोडेपानीमा २०८० मा ३१ हजार र २०७९ मा २६ हजार विदेशी पर्यटक आएका चौकीको अभिलेखमा उल्लेख छ । अन्नपूर्ण परिक्रमा गरी तातोपानी हुँदै कास्कीको विरेठाँटी–उल्लेरी, छोम्रोङ–घान्द्रुक–टाडापानी, नागी–महरेबाट पर्यटक घोडेपानी भित्रिने गरेका छन् ।


    तेस्रो आँखा