• ट्रेण्डिङ्ग :
सुनको मूल्यमा लगातार कीर्तिमान, चाँदीको मूल्य पनि बढ्यो

सुनको मूल्यमा लगातार कीर्तिमान, चाँदीको मूल्य पनि बढ्यो


  • 2.5K
    SHARES
    • कार्तिक ५, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 3.8K Views

    सुनको मूल्यमा लगातार कीर्तिमान, चाँदीको मूल्य पनि बढ्यो

    काठमाडौं, ५ कात्तिक । सुनको मूल्यले फेरी कीर्तिमान बनाएको छ । हिजो तोलाको एक लाख ६५ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ६ सय रुपैयाँले बढेर तोलाको एक लाख ६५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    images

    यस्तै चाँदीको मूल्य पनि आज तोलामा २० रुपैयाँले बढेको छ । आज चाँदी तोलाको दुई हजार ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो एकैदिन चाँदीको मूल्य ९५ रुपैयाँले बढेको थियो ।

    मध्यपूर्वलगायत क्षेत्रमा बढ्दो भू–राजनीतिक अनिश्चितताका कारण व्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिका रूपमा कारोबार गर्दा मागमा आएको वृद्धिले मूल्य बढेको हो ।


    तेस्रो आँखा