• ट्रेण्डिङ्ग :
आज पनि सुनको मूल्य बढ्यो

आज पनि सुनको मूल्य बढ्यो


  • 2.6K
    SHARES
    • कार्तिक ६, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 4.0K Views

    आज पनि सुनको मूल्य बढ्यो

    काठमाडौँ, ६ कात्तिक । नेपाली बजारमा आज पनि सुनको मूल्य वृद्धि भएको छ । दसैँपछिको कारोबारमा सुनको मूल्य निरन्तर बढ्दै जाँदा एकपछि अर्को रेकर्ड बनिरहेको छ । 

    images


    सोहीअनुसार मंगलबार पनि छापावाल सुनको मूल्य बढ्दै तोलामा १ लाख ६५ हजार ९०० रुपैयाँ पुगेको छ । 

    अघिल्लो दिन छापावाल सुनको मूल्य १ लाख ६५ हजार ६०० रुपैयाँ कायम भएको थियो । जसअनुसार आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा ३०० रुपैयाँ बढेर १ लाख ६६ हजार रुपैयाँ नजिक पुगेको हो । 

    यस्तै चाँदीको मूल्य सोमबार तोलामा १ हजार ९५ रुपैयाँ कायम हुँदा मंगलबार बढेर २ हजार १०० रुपैयाँ पुगेको महासंघले जनाएको छ । 


    तेस्रो आँखा