• ट्रेण्डिङ्ग :
आज पनि सुनको मूल्य बढेर तोलाको १ लाख ६६ हजार ७ सय रुपैयाँ पुग्यो

आज पनि सुनको मूल्य बढेर तोलाको १ लाख ६६ हजार ७ सय रुपैयाँ पुग्यो


  • 2.7K
    SHARES
    • कार्तिक ७, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 4.2K Views

    आज पनि सुनको मूल्य बढेर तोलाको १ लाख ६६ हजार ७ सय रुपैयाँ पुग्यो

    काठमाडौं, ७ कात्तिक । आज पनि सुनको मूल्य बढेर नयाँ कीर्तिमान बनाएको छ । बुधबार सुनको मूल्य ८ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६६ हजार ७ सय रुपैयाँ पुगेको छ ।

    images

    यसअघि हिजो तोलामा तीन सय रुपैयाँले बढेर तोलाको एक लाख ६५ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार दशैँ बिदापछि सुनको मूल्य लगातार बढिरहेको छ ।

    मध्यपूर्वलगायत क्षेत्रमा बढ्दो भू–राजनीतिक अनिश्चितताका कारण व्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिका रूपमा कारोबार गर्दा मागमा आएको वृद्धिसँगै भाउ बढेको महासङ्घको भनाइ छ ।

    यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी ३५ रुपैयाँले बढेर तोलाको दुई हजार एक सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


    तेस्रो आँखा