टिमुर खेती आम्दानीको स्रोत बन्यो

टिमुर खेती आम्दानीको स्रोत बन्यो


  • 6.9K
    SHARES
    • कार्तिक ७, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 10.6K Views

    टिमुर खेती आम्दानीको स्रोत बन्यो

    रोल्पा, ०७ कात्तिक । बारिको ढिक अनि बाझो बारीमा पाइने टिमुर पछिल्लो समय आम्दानीको राम्रोस्रोत बन्न पुगेको छ । अन्य खेतीभन्दा यस खेतीबाट उत्पादन राम्रो हुने र बजारको मुल्य पनीराम्रो भएकाले यस खेती प्रती किसानहरु आकर्षित बनेका हुन् ।

    images

    धान, मकै, जौ, गहुँ लगायतका बालीहरु लगएर जिविकोपार्जन गरिरहेका सुनिलस्मृतिगाउँपालिका -७ तेवाङका किसानलाई टिमुर खेती पनि आम्दानीको मुख्य स्रोत बनेको हो। हिजोआज किसानले यसलाई व्यावसायिक खेतीको रुपमा समेत अंगालेका छन् ।

    सुनिलस्मृति गाउँपालिका-७ तेवाङ लेखका डोरबहादुर विष्टको बारिको ढिक र बाझो रहेको क्षेत्रमा प्रसस्त मात्रामा टिमुरका बोटहरु रहेका छन् । पहिले केहीमात्रामा टिमुरको बिरुवाहरु रहेको उनको बारीको ढिक अनी बाझो रहेका बारीमा समेत अहिले टिमुरै टिमुरले ढाकेको छ ।

    पछिल्लो समय अन्य खेतीबाट भन्दा टिमुर खेतीबाट मनग्य आम्दानी भैरहेको उहाँले सुनाउनु भयो। उहाँले गत वर्ष मात्र टिमुरको खेतीबाट २ लाख भन्दा माथिको आम्दानी भएको बताए । टिमुरबाट वर्षदिनसम्म खान,लाउन पुगेको छ, उहाँले थप्नुभयो। “ टिमुरले राम्रो उत्पादन दिन थालेपछि बाझो बारि अन्य खाली रहेको जमिनमा समेत धेरै मात्रामा बिरुवाहरु लगाएको छु”, उहाँले भन्नुभयो। बर्षेनि सिजनमा उहाँको बारीबाट टिमुर टिप्नका लागि केहीले रोजगारी समेत पाउने गरेका छन् । सिजनमा १०-१५ जनाले छोटो समयको लागि रोजगार दिएको उहाँले सुनाउनुभयो। अन्य खेतीजस्तो टिमुर खेतीको हेरचाहको लागि समय पनि खर्चनु नपर्ने भएकाले यो खेती अन्यखेति भन्दा धेरै सहज भएको उहाँको अनुभव छ।

    Screenshot 2024-10-23 120000.jpg

    तेवाङको लेखमा विष्टले मात्र होइन त्यो भेगका अधिकांश कृषकहरुको आम्दानीको मुख्य स्रोत नै टिमुर बनेको छ । तेवाङका प्राय किसानहरुको बारीमा टिमुर पाईन्छ, टिमुर बेचेरै गाउँका धेरैले जिविकोपार्जन गरिरहेका छन् । गाउँको करिब ५०-६० घर परिवार टिमुरको खेतीमा संलग्न रहेका छन् । अन्य खेतीलाई प्राथमिकता दिदै किसानले यस खेतीलाई वैकल्पिक खेतीको रुपमा मनग्य आम्दानी गरिरहेका छन् । यस गाउँबाट मात्रै वर्षेनी करोडौँ
    रुपैयाँ बराबरको टिमुर बाहिर निर्यात हुने गरेको छ।

    अर्का किसान पुर्णबहादुर रोका जिविकोपार्जनका लागि गरिदै आएको खेतीबाट राम्रो उत्पादन नभएपछि टिमुर खेतीलाई नै व्यावसायिक खेतीका रुपमा अगाडि बढाउने सोच बनाएको बताउनुभयो । अहिले बारिको खाली रहेको अधिकांश भागमा बिरुवा रोप्ने गरेको बताउनु भयो।

    टिमुर खेती गर्नका लागि खासै रोगको प्रकोप नहुने र छोटो समयमै उत्पादन दिने भएकाले कृषकहरुको यस खेती प्रति आकर्षण बढदै गएको छ । टिमुर खेती गर्नका लागि अन्य खेती जस्तो गोडमेल तथा हेरचाह पनि गर्न नपर्ने भएकाले किसानको यसप्रती आकर्षण बढदै गएको हो। टिमुर विशेष गरि भान्सामा प्रयोग गर्न र औषधि बनाउनका लागि महत्त्वपूर्ण जडिबुटीको रुपमा लिने गरिन्छ ।

    टिमुर प्राय बारीमा साउन-भदौ देखि पाक्न सुरु गर्दछ र कात्तिक(मंसिरसम्म किसानलाई टिमुर टिप्ने चतारो हुन्छ। बारीमा धेरै मात्रामा टिमुर हुने किसानहरूलाई कार्तिक-मंसिर सम्म टिमुर टिप्न भ्याइनभ्याई रहेको किसानहरू बताउछन् । टिमुर गाउँघरमा व्यापारीले मानापाठीको नापोबाट खरिद गर्ने गर्दछ्न । प्रती पाठी ५ सय रुपैयाँ देखि ८-९ सय रुपैयाँ मूल्य सम्ममा टिमुरको खरिद हुने गर्दछ । व्यापारीहरु गाउँमै खरिद गर्न आउने भएकाले पनि किसानलाई विक्रि गर्नमा समस्या छैन्, किसानलाई व्यापारीहरु गाउँमै आउने भएकाले टिमुर बिक्री गर्नका लागि सहज हुने गरेको छ ।

    सुनिलस्मृति गाउँपालिकाका कृषि शाखा प्रमुख डिल्ली केसी यस भेगमा टिमुर खेती अत्याधिक हुने भएकाले किसानहरुका लागि आम्दानीको राम्रो स्रोत बन्न पुगेको बताउनुभयो। उहाँले किसानलाई व्यवसायिक खेति गर्न समेत सुझाब दिनुभयो। देशमा रोजगारीको सम्भावना छैन भन्दै वर्षेनी लाखौँको संख्यामा विदेशिने संख्या बढीरहेको छ । युवाहरु विदेशिनुको सातो टिमुर खेती गरेर पनि राम्रो आम्दानी गर्न सक्छन्। टिमुरको व्यावसायिक खेतिमा जोड दिन स्थानीय, प्रदेश र संघ तिनै तहको सरकारले प्राथमिकताका साथ हेर्नुपर्ने देखिन्छ ।


    भरत विश्वकर्मा
    लेखकबाट थप