• ट्रेण्डिङ्ग :
२४ घण्टामा थपिए १८० जना कोराना संक्रमित 

२४ घण्टामा थपिए १८० जना कोराना संक्रमित 


  • 9.2K
    SHARES
    • फाल्गुण १६, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 14.2K Views

    २४ घण्टामा थपिए १८० जना कोराना संक्रमित 

    काठमाडौं, १६ फागुन । पछिल्लोे २४ घण्टामा नेपालभर  एक सय ८० जना कोरोना संक्रमित थपिएका छन्। 

    images

    नेपालभर आठ हजार तीन सय ४१ जनाको नमुना परीक्षण गर्दा एक सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    पाँच हजार दुई सय १८ जनामा गरिएको पिसिआर परीक्षणका क्रममा एक सय १९ जनामा र तीन हजार एक सय २३ जनामा गरिएको एन्टीजेन परीक्षणका क्रममा ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोराना संक्रमणको कारण एक जनाको मृत्यु भएको छ भने चार सय कोरोना संक्रमित निको भएका छन् । 

    हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या आठ हजार दुई सय ३५ रहेको छ । 

    16 gate.jpg

  • सम्बन्धित विषय:

  • # काेभिड

  • तेस्रो आँखा
    लेखकबाट थप