मानिसहरुले आफनो शरिरको तौल घटाउन विभिन्न मोडालिटी अपनाउँदै डाइटिङ गरिरहेका हुन्छन । तौल घटाउन खाना नखाने गर्ने गरिएको छ । तौल घटाउनकै लागि विभिन्न मोडालिटि अपनाउदै आएको पाइन्छ । एउटा एकदिन खाने एक दिन नखाने, अर्को १६ घण्टा नखाने ८ घण्टा खाने र अर्को हप्तामा ५ दिन खाने तर दुई दिन उपबास/फास्टीङ बस्ने गर्छन ।
डाइटिङ/उपबासको नाममा यस्ता मोडालिटी अपनाउने र बिचमा छोड्ने गरेको पनि पाइन्छ । आफनो स्वास्थ्य अवस्थालाई नहेरि आफुखुशी डाइट बस्दा यसले स्वास्थ्यमा नकारात्मक असर पुग्छ ।
हरेक मानिसलाई क्यालोरिको आवश्यकता पर्छ । व्यक्तिको उमेर समुह, महिला पुरुष र उनीहरुको स्वास्थ्य अवस्था अनुसार उनीहरुलाई कति क्यालोरी भन्ने निर्धारण हुने गर्दछ । हामो शरिरलाई चलायमान बनाउन ६५ देखि ७० प्रतिशत इनर्जी खर्च हुन्छ । फास्टीङको नाममा यो इनर्जी बाहिर जाँदा शरिरलाई आवश्यक पर्ने क्यालोरी परिपुर्ती हुन सक्दैनौं । चाहिनुपर्ने इनर्जी लिन नसक्दा फास्टीङको नाममा स्वास्थ्यमा नकारात्मक असर पर्छ ।
एउटा व्यक्तिलाई दिनमा कति क्यालोरि चाहिन्छ भन्ने उसको उमेर अनुसार फरक पर्छ । वालवालिका, गर्भवती, स्तनपान गराइरहेका महिला बाहेक काम गर्न सक्ने मानिसहरुलाई २२ देखि २३ सय क्यालोरि आवश्यक पर्छ । गर्भवती, स्तनपान गराइरहेका महिलाहरुलाई भने बढी चाहिन्छ । व्यक्तिले १२ सय देखि १४ सय क्यालोरी भन्दा कम गर्नुहुदैन । यो भन्दा कम गर्दा शरिरलाई घात पर्छ ।
यस्ता समस्या देखिन सक्छ
आफनो स्वास्थ्य अवस्थालाई नहेरि जथाभाबी डाइट बस्दा बिभिन्न रोगहरु लाग्ने, थकानको महसुस हुने, निन्द्रा नलाग्ने, इडिटेसन हुने, कब्जियतको समस्या हुने, टाउको दुख्ने, काम प्रति ध्यान नजाने, बेचैन हुने, वाकवाक लाग्ने, वान्ता हुने लगायतको समस्याहरु आउँछ । यसले स्वास्थ्यमा दीर्घकालिन असर पनि गर्छ । जस्तो की कलेजोमा असर पुग्ने, हाइबेटिज हुने सम्भाबना बढ्छ । त्यसैगरि खानेकुरामा मनोवैज्ञानिक समस्या पनि हुन सक्छ । कसैलाई खान मन नलाग्ने, कुनैबेला धेरै खाने हुनसक्छ । मानिसलाई शारिरिक तथा मानसिक रुपमा असर पर्ने हुन्छ ।
कस्तो साबधानी अपनाउने ?
फास्टीङ बस्नुभन्दा पहिले विशेषज्ञसँगको परामर्श लिएर मात्र बस्नुपर्छ । यसले फाइदा गर्छ त भन्ने लेखाजोखा गरेर बसेको राम्रो हुन्छ । फास्टीङको मोटालिटी अनुसार नियमिततामा ध्यान दिने । ६ महिना गर्ने र पछि छोड्ने नगर्ने गर्नुहुदैन । बिचमा छोड्दा झनै असर हुन्छ । फास्टीङ बसेको समयमा केहि नखाने र नबसेको समयमा धेरै खाने गर्नुहुँदैन । कति खाने भन्नेमा ध्यान दिने गर्नुपर्छ । व्यक्तिमा विभिन्न रोगहरु छ भने रोगअनुसारको फास्टीङ ठिक हो त भन्ने विषयमा सम्बन्धित विशेषज्ञसँग सल्लाह तथा परामर्श लिएर मात्र बस्ने गर्नुपर्दछ । फास्टीङ बस्ने व्यक्तिले नियमित रुपमा सु्गर, प्रेसर, मुटु, कलेजो लगायतका स्वास्थ्य जाँच गर्नुपर्छ । दुई तिन महिना वा ६ महिनामा नियमित गर्नुपर्छ । १८ वर्ष नकटेका व्यक्तिहरुले फास्टीङ बस्नुहँुदैन । गर्भवती महिला, स्तनपान महिलाहरु डाइटिङमा बस्नु हुँदैन । फास्टीङको नाममा विभिन्न मोडालिटीहरु आएका छन् । गुगल, युटुबमा हेरेर फास्टीङ गर्नुहुदैन । यदी गरेमा पनि सल्लाह, परामर्श लिई पूर्ण रुपमा साबधानी अपनाएर लिएर मात्र लिने गर्नुपर्दछ ।
(शसस्त्र प्रहरी अस्पतालका डाइटीसियन देबराम सुनुवारसँग तेस्रोआँखासहकर्मीले गरेको कुराकानीमा आधारित)
