• ट्रेण्डिङ्ग :
तुलसीपुर–६ मा बजार अनुगमनः अनियमितता गर्ने ब्यवसायीलाई कारवाही गर्ने चेतावनी

तुलसीपुर–६ मा बजार अनुगमनः अनियमितता गर्ने ब्यवसायीलाई कारवाही गर्ने चेतावनी


  • 6.5K
    SHARES
    • कार्तिक ८, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 10.0K Views

    तुलसीपुर–६ मा बजार अनुगमनः अनियमितता गर्ने ब्यवसायीलाई कारवाही गर्ने चेतावनी

    तुलसीपुर, ८ कात्तिक । दाङको तुलसीपुर उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाले चाडपर्व लक्षित किराना पसल र मिठाइ पसल अनुगमन गरेको छ । विहिबार इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रतिनिधि सहित वडा नं. ६ का वडाध्यक्ष दुजमान भण्डारी, उद्योग वाणिज्य संघका प्रतिनिधि, खाद्य तथा गुण नियन्त्रण कार्यालय तुलसीपुरका प्रतिनिधि र पत्रकारहरूद्वारा संयुक्त रूपमा बजार अनुगमन गरिएको छ । अनुगमनको उद्देश्य मिति गुज्रिएका वस्तु निष्कृय गर्ने र खाद्यवस्तुको गुणस्तरको जाँच गर्नु थियो, जसले उपभोक्ताको हक र सुरक्षामा योगदान पुर्याउनेछ ।

    images
    2.jpg

    अनुगमन टोलीले किराना पसलहरुमा विभिन्न खाद्य सामग्री, दैनिक उपभोग्य सामान र अन्य वस्तुहरूको उत्पादन मिति, म्याद सकिने मिति, व्यवसाय दर्ता, मूल्य सूची टाँसे/नटाँसेको, सामानहरु व्यवस्थापन, र मूल्य जाँच गर्ने आदिको अनुगमन गरेका थिए । टोलीले मूल्य अनियमित गर्ने र म्याद सकिएको वस्तु विक्रि वितरण गर्ने व्यवसायीहरुप्रति कडा चेतावनी दिँदै अनुगमनलाई निरन्तरता दिने गरेको छ । 

    WhatsApp Image 2024-10-24 at 5.20.24 PM.jpeg

    तुलसीपुर वडा नम्बर ६ अन्तर्गत पर्ने गुम्राह चोक, मदन आश्रित चोक र बाहिनी चोकका किराना पसलहरु र मिठाइ पसलहरुमा अनुगमन गरिएको थियो । अनुगमनपछि व्यवसायीहरुलाई सचेत रहन, मूल्यसूची राख्न र सरसफाइमा ध्यान दिन सुझाव दिएको तुलसीपुर वडा नं. ६ का वडाध्यक्ष दुजमान भण्डारीले बताउनुभयो । “चाडपर्व लक्षित किराना र मिठाइ पसलहरु अनुगमन गरेका छौं” उहाँले भन्नुभयो “अव्यवस्थित मिठाइ पसलहरुलाई सरसफाइमा ध्यान दिन र स्वस्थकर खाद्य वस्तु उत्पादन गर्न आग्रह सहित आवश्यक सुझावहरु दिएका छौं ।”

    4.jpg

    “हामी उपभोक्ताको हकको रक्षा गर्न प्रतिबद्ध छौं र तिहारमा किराना पसल र मिठाइ पसलबाट बढी सामान विक्रि वितरण गरिने भएकाले अनुगमन तीव्र बनाएका छौं” तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाकी प्रमुख रेखा शर्माले भन्नुभयो “किराना पसलबाट म्याद सकिएका अखाद्य वस्तुहरु भेटिने र मिठाइ पसलहरुमा सरसफाइ तथा खाद्य वस्तुहरुको जाँच गरेका छौं ।” 

    अनुगमनको क्रममा, केही पसलहरूमा म्याद गुज्रिएका वस्तुहरु धेरै भेटिएको र खाद्य सामग्रीहरु व्यवस्थित गरी राखेको भेटिएको थिएन । त्यस्ता व्यवसायीहरुलाई अनुगमन टोलीले सुधार गर्न सुझाव दिएको छ । साथै, उक्त सुझावलाई ध्यान नदिने व्यापारीहरूलाई जरिवाना गरिने व्यवस्था रहेको शाखाकी प्रमुख शर्माले बताउनु भयो । 

    5.jpg

    बजार अनुगमनलाई व्यापारीहरूले सकारात्मक रूपमा लिएको बताएका छन् । उनीहरुले समय समयमा अनुगमन गर्दा आफूहरु पनि सचेत हुने बताएका थिए । साथै यसले सबैको लागि समान प्रतिस्पर्धा सुनिश्चित गर्नेमा मद्दत गर्ने विश्वास व्यक्त गरे । यसरी, निरन्तर बजार अनुगमनले तुलसीपुरका उपभोक्ताहरूको हितमा सकारात्मक असर पार्ने अपेक्षा गरिएको छ ।

    mithai.jpg
    3.jpg


    उदीराम चाैधरी
    लेखकबाट थप