यु-१७ एसियन कप छनोट : आज नेपाल र कतार भिड्दै

यु-१७ एसियन कप छनोट : आज नेपाल र कतार भिड्दै


  • 2.2K
    SHARES
    • कार्तिक ९, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 3.4K Views

    यु-१७ एसियन कप छनोट : आज नेपाल र कतार भिड्दै

    एएफसी यु-१७ एसियन कप छनोटमा नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्दैछ । खेल दोहाको एसपायर एकेडेमी पिचमा नेपाली समयअनुसार राति साढे ८ बजे सुरु हुनेछ । बुधबार भएको खेलमा नेपाल जापानसँग ९-२ गोल अन्तरले पराजित भयो । कतारले भने मंगोलियालाई पराजित गरेको छ ।

    images

    समूह एफमा रहेको नेपाल अन्तिम खेल आइतबार मंगोलियासँग खेल्नेछ ।

    यो प्रतियोगितामा ४३ टोलीलाई १० समूहमा विभाजन गरिएको छ। समूहको शीर्ष स्थानमा रहने टोली र दोस्रो स्थानका उत्कृष्ट पाँच टोलीले अर्को वर्षको अप्रिलमा साउदी अरेबियामा हुने मुख्य प्रतियोगिताका लागि छनोट पाउनेछन् ।


    तेस्रो आँखा