विदेशबाट फर्किएर गाउँमा व्यावसायिक पुष्प खेती

विदेशबाट फर्किएर गाउँमा व्यावसायिक पुष्प खेती


  • 14.1K
    SHARES
    • कार्तिक ९, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 21.7K Views

    विदेशबाट फर्किएर गाउँमा व्यावसायिक पुष्प खेती

    रोल्पा, ९ कात्तिक । रोल्पाका किसान पछिल्लो समय पुष्प खेतीमा आकर्षित भएका छन् । विशेषगरी तिहारका लागि महत्वपूर्ण मानिने फूल अन्य विभिन्न प्रयोजनका लागि पनि प्रयोग गरिन्छ । कृत्रिम फूलको आयात कम गर्न यहाँका किसानले व्यावसायिक पुष्प खेती सुरु गरेका हुन्। पुष्प खेतीबाट यहाँका किसानहरुले राम्रो आम्दानी गरिरहेका छन्।

    images

    रोल्पाको सुनिलस्मृति गाउँपालिका-१ घोडागाँउका मधु केसीले व्यावसायिक रुपमा पुष्प खेती सुरु गर्नुभएको छ । केसीले व्यावसायिक रुपमा पुष्प खेतीको सुरुवात गरेको २ वर्ष भयो। गत वर्ष पनि पुष्प खेती गर्नुभएको  उहाले अहिले पनि करिब डेढ रोपनी बराबरको जग्गामा सयपत्री फूलको खेती गर्नुभएको छ । गत वर्ष मात्र करिब ६० हजार बराबरको फूल विक्री गरेको उहाले बताउनुभयो ।Screenshot 2024-10-25 103130.jpg

    ‚गत वर्ष स्थानीय सरकारले समयमै कृत्रिम फूलको माला प्रयोगमा रोक लगाएको भए थप विक्रि हुने थियो। "तर गाउँपालिकाले चार्डपर्वको समयमा मात्र सूचना निकाल्दा उत्पादन भएका सबै फूलहरु बिक्रि गर्न सकिएन" उहाले भन्नुभयो ‚यस वर्ष गाउँपालिकाले फूलको बिरुवा लगाउने समयमै सूचना निकाली कुत्रिम फूलको प्रयोगमा प्रतिबन्ध लगाएको छ, जसले गर्दा फूल खरिदका लागी माग भैरहेको छ, सबै फूलहरु बिक्री हुने आसामा छु । गत वर्ष बारीमा उत्पादन भएको साढे २ क्विन्टल फूल मध्ये करिब १ क्विन्टलको हाराहारीमा मात्र विक्री भएको उहाले बताउनुभयो । अहिले पनि सोहि परिमाणमा खेती गरेको छु, उहाले भन्नुभयो ।

    यसवर्ष गाउँपालिकाले पनि समयमै सूचना सार्वजनिक गरेर कृत्रिम मालाको प्रयोगमा रोक लगाएकाले सबै फूलहरु बिक्री हुने सम्भावना छ, उहाले भन्नुभयो। यो वर्ष बारीमा करिब ३ क्विन्टल फुलहरु भएको उहाले बताउनुभयो।, ति सबै बिक्रि भएको खण्डमा २-३ लाख बराबरको आम्दानी हुने उहाँको अनुमान छ। लामो समय वैदेशिक रोजगारीको शिलशिलामा थाइल्याण्ड बस्नुभएका उहाले अहिले गाउँमै व्यवसायिक रुपमा फुल खेति गरिरहनु भएको छ   ।

    रोजगारीको क्रममा ९ वर्ष विदेशमा बिताएको उहाले सुनाउनुभयो। उहाले कक्षा १२ सम्मको अध्ययन गर्नुभएको छ । लामो समय विदेशमा विताएकाले अब गाउँमै केहि गर्नुपर्छ भन्ने सोचका साथ उहा यो व्यावसाय गरिरहनु भईको छ । उहाको बारीमा म्यारिकोल कर्मा फ्रिड जातको सयपत्री फूल धकमक्क फुलेका छन्। फूल प्रतिकेजी ५ सय रुपैयाँ भन्दा माथिको मूल्यमा विक्री हुने गरेको उहाले बताउनुभयो। फूलको खरिदका लागि रोल्पाको विभिन्न ठाउँहरुबाट साथै अन्य जिल्लाहरुबाट पनि माग भैरहेको केसीले सुनाउनुभयो। फूलको माग (अडर) दाङ, प्युठान, वुटवल लगायतका सहरहरुबाट पनि भैरहेको छ, उहाले भन्नुभयो ।Screenshot 2024-10-25 103238.jpg

    केसीले व्यावसायिक फुल खेतीका साथै तरकारी खेती र शैक्षिक क्षेत्रमा पनि संलग्न हुनुन्छ । उहाले निजी विद्यालयका सञ्चालक पनि हुनुन्छ । उहाको काममा परिवारका सदस्यहरुले पनि साथ दिएका छन्। फुर्सदको समयमा सबैले बारीमा गोडमेल गर्ने र फूलको माला बनाउनमा सघाउने गर्दछन्। उहा अहिले उमेरले ४२ वर्षको हुनुभयो । देशबाट वर्षेनी लाखौ युवाहरु विदेशिनु परेको परिष्थितिमा उहा गाउँमै केहि गर्न सुझाब दिन्छन् । गाउँमा अनेकौ सम्भावनाहरु भएको उहाले बताउनुभयो । आफू गाउँमै केहि युवाहरुलाई रोजगार सिर्जना गर्ने कामको सुरुवात गरेको उहाले बताउनुभयो। उहाले देशमै केहि गर्नुपर्छ भन्ने सोच राख्नुभएकाे छ 

    प्लाष्टिक जन्य मालाको प्रयोगमा प्रतिबन्धः

    सुनिलस्मृति गाउँपालिकाले गाउँपालिका भित्र प्लाष्टिक जन्य मालाको प्रयोगमा प्रतिबन्ध लगाएको छ। गाउँपालिकाले गत वर्षको तिहारदेखि प्रयोग नगर्न अनुरोध गरेको थियो। यस वर्ष गाउँपालिकाले तिहार भन्दा अगावै सूचना निकालेर प्लाष्टिक जन्य मालाको प्रयोगमा प्रतिबन्ध लगाएको हो । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न गाउँपालिकाले पालिकाभित्र रहेका पुष्प व्यावसायिहरुले उत्पादन गरेको फूलको माला प्रयोग गर्न आग्रह गरेको छ ।

    सुनिलस्मृति गाउँपालिकाको वडा नम्बर १ घोडागाँउ र २ खुंग्री गरी २ ठाउँमा किसानहरुले पुष्पको व्यावसायिक खेती गरिरहेको कृषि शाखा प्रमुख डिल्ली केसीले जानकारी दिनुभयाे। गाउँपालिकाले कृत्रिम मालाको प्रयोगमा प्रतिबन्ध लगाएकाले किसानलाई माला बिक्री नहोला भन्ने चिन्ता कम भएको उहाले बताउनुभयो ।


    जिल्लामा व्यवसायिक रुपमा फूल खेति भएपछि बाहिरबाट आउने कृत्रिम मालालाई विस्थापित गर्न सघाउ पुगेको जानकारहरु बताउछन् । कृत्रिम फूलको प्रयोग नगर्न स्थानीय सरकारले चासोका साथ हेर्दा किसानले गरेको परिश्रम खेर जाने सम्भावना छैन् । वर्षेनी रुपमा विदेशबाट कृत्रिम फूलको माला देशमा भित्रिरहेको अवस्थामा उक्त फूललाई रोग लगाउनु पर्छ र गाउँघरमा युवालाई व्यावसायिक पुष्प खेति गर्न तर्फ आकर्षित गर्नुपर्दछ। यसो गर्दा यहाँका कतिपय युवाहरुले रोजगार पाउने स्थापित हुँदै जाने छन्।


    भरत विश्वकर्मा
    लेखकबाट थप