दाङ, १६ फागुन । आफूविरुद्ध एक कलाकारले बलात्कार मुद्दा दर्ता गरेपछि नायक पल शाह अहिले तनहुँ प्रहरीको नियन्त्रणमा छन् । उनी आइतबार तनहुँ प्रहरीको सम्पर्कमा आफै पुगेका हुन् ।
तनहुँ प्रहरीको नियन्त्रणमा रहेका नायक पललाई आफन्तहरु भेट गर्नका लागि तनहुँ पुगेका छन् । उनकी बहीनी लगाएत परिवारका सदस्यहरु प्रहरी कार्यालयमा पुगेर पलसँग भेट गरेका छन् । त्यस क्रममा नायक पलले नै आफन्तीहरुलाई सम्झाउने गरेका छन् । सुनौँ पलकी सानीआमा लीला शाहसँग तेस्राे आँखाकर्मी देवेन्द्र बस्नेतले गरेको कुराकानी ।
आफूलाई केही पनि नहुने भन्दै पिर चिन्ता नलिन पलले आफन्तहरुलाई सम्झाउने गरेको उनलाई भेट्न पुगेकी पलकी सानीआमा लीला शाहले बताइन् ।
‘हामीले उसलाई त्यो अवस्थामा देख्दा हामीलाई पीडाबोध भयो,’ शाहले तेस्रो आँखासँग भनिन् ‘तर उसले हामीलाई नै सम्झायो, आफूलाई केही पनि हुँदैन, पिर नलिनु होला भनेर हामीलाई पटक पटक सम्झायो ।’ यसैगरि उनले पलको स्वास्थ्य अवस्था समेत ठिक रहेको पनि बताइन् ।
