• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा १४ सय रुपैँयाले बढ्यो

सुनको मूल्य तोलामा १४ सय रुपैँयाले बढ्यो


  • 3.6K
    SHARES
    • कार्तिक ११, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 5.5K Views

    सुनको मूल्य तोलामा १४ सय रुपैँयाले बढ्यो

    काठमाडौं, ११ कात्तिक । साताको पहिलो कारोबार दिन आज (आइतबार) सुनको मूल्य बढेर हाल सम्मकै उच्च भएको छ । पछिल्लो समय दैनिकै रुपमा बढिरहेको सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको हो ।

    images


    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढेको छ । छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ६६ हजार रुपैयाँमा कारोबार भएको थियो।

    यो दिन चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला २ हजार ८५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार चाँदी २ हजार ७० रुपैयाँमा कारोबार भएको थियो ।


    तेस्रो आँखा