प्यारालाइसिस के कारणले हुन्छ ? कस्ता कुरामा ध्यान दिने ?

प्यारालाइसिस के कारणले हुन्छ ? कस्ता कुरामा ध्यान दिने ?


  • 6.3K
    SHARES
    • कार्तिक १२, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 9.7K Views

    प्यारालाइसिस के कारणले हुन्छ ? कस्ता कुरामा ध्यान दिने ?

    काठमाडौँ, १२ कात्तिक ।  । नेप्यारालाइसिस भन्ने वितिक्कै हातखुट्टा नचल्नु हो भन्ने बुझिन्छ । आजकल धेरैजसो प्रेसर वा सुगर रोग बिग्रिएर प्यारालाईसिस हुने गरेको भेट्छौँ । या रगत सम्बन्धि रोगहरु जस्तै रगत जम्ने रोग वा बग्ने रोग छ भने प्यारालाइसिस हुन्छ । 
    कुनैपनि व्यक्तिको आधा भाग एकातिरको दाहिने वा देब्रे हातखुट्टा नचल्ने वा एउटा मात्र हात नचल्ने, एउटा मात्र खुट्टा नचल्ने, वा दुबै खुट्टा नचल्ने या मुख बांगिने, सँगसँगै हातखुट्टा पनि नचल्ने भएमा प्यारालाइसिस भएको बुझिन्छ । यो अचानक हुने हो । अधिकांश प्यारालाईसिस भएको बिरामीमा फोक्सोको संक्रमण भएर मृत्युवरण भएको पाइन्छ ।

    images

    कारण
    प्यारालाईसिस हुने कारणहरु धेरै छन । मुख्य कारण भनेको प्रेसर र सुगरले हुन्छ । यदि कुनै पनि व्यक्तिको प्रेसर हाई छ र त्यो व्यक्तिले प्रेसरको औषधी समयमा खाएन, चिकित्सको परामर्श लिएर प्रेसरलाई कन्ट्रोल गरेर राखेन भने त्यस्ता व्यक्तिहरुमा अचानक रगतको नशाहरु फुट्ने, रगत जम्ने, रगतको नसाहरु कडा भएर त्यो ठाउँमा रोगको संचार कम हुँदा ब्रेनमा रगत संचारकै कारणले कम या रगतको नसा फुटेर रगत बग्यो भने त्यो भागले काम नगर्ने हुन्छ । त्यो भागबाट शरिरको जुनचाहि अंग स्वचालित हुन्छ । त्यो भागले पनि काम गर्न छोड्छ । यसैलाई नै प्यारालाइसिस भन्छौँ । विशेषगरि प्यारालाइसिस प्रेसर र सुगरको बिरामीमा हुन्छ । भने कहिलेकाही मुटुसम्बन्धि रोग भएकामा पनि हुन्छ । मुटुमा रगत जम्ने र त्यो उच्चिठिएर टाउको भित्र गयो भने रगतको नसाहरु जाम भइदिन्छ र प्यारालाइसिस हुन्छ । ब्रेन ट्युमर हुँदा पनि प्यारालाइसिस हुन्छ । 

    यदी ब्रेन ट्युमरको लक्षणहरु देखापरेको छ भने सर्जरी गरेर समयमा म्यानेज गर्यो भने प्यारालाईसिस हुदैन । मुटुको चाल बिग्रिएको छ भने मुटुभित्र रगत जम्ने, मुटु पम्प गर्दा त्यही रगत उच्चिठिएर ब्रेनमा गयो भने प्यारालाइसिस हुन्छ । चिजहरुमा ध्यान दियो भने प्यारालाईसिस हुदैन ।  

    कहिलेकाही साधारण ज्वरो बिग्रिएर टाउकोमा इन्फेक्सन भइदिन्छ । यसलाई चिकित्सकिय भाषामा मेनेन्जाइटिस भनिन्छ । यसको कारणले पनि व्यक्तिमा प्यारालाईसिस हुन सक्छ । प्यारालाईसिस भइसक्यो भने त्यसको उपचार जटिल हुन्छ । कतिपय अवस्थामा यो भएमा उपचार गरे नगरेपनि त्यसको समयावधि लिएर बिस्तारै निको हुने हुन्छ । यसमा उपचार पद्धती भन्दा पनि प्यारालाईसिस हुनै नदिन सजग हुनुपर्छ । 

    लक्षण
    पक्षघातको मुख्य लक्षण शरीरका अंग चलाउन गाह्रो हुनु हो ।
    मुख चलाउन असहज हुने
    स्पष्टसँग बोल्न नसक्ने
    मुख बाङ्गिने 

    प्यारालाइसिस हुन नदिन के गर्ने ?
    प्रेसरलाई कन्ट्रोलमा राख्ने, प्रेसरको औषधी नियमित खाने, यदि प्रेसर बढी छ भने तुरुन्त चिकित्सकको परामर्श लिएर औषधीको डोज मिलाउने । 
    सुगर रोग लागेको छ भने सुगरलाई कन्ट्रोल गर्ने ।
    मुटु र मृगौलाको जाँच गर्ने, यदी यसमा समस्या छ भने चिकित्सकको परामर्शमा औषधी उपचार गर्ने । 
    कुनै पनि व्यक्तिको ब्रेनको इन्फेक्सन भयोे भने डाक्टरको परामर्शमा सुईबाट आइभिएनटी बायोटिक एन्टिभाइरल ड्रगहरु दिएर त्यसलाई तुरुन्त कट्रोल गर्नुपर्छ । 
    प्यारालाईसिस भएको चार घण्टा भित्रै न्युरो सेन्टर जहाँ प्यारालाईसिस सम्बन्धि डाक्टर भएको ठाउँमा गएमा थम्बोलाईसिस उपचार पद्धतीबाट उपचार गरिन्छ । रगत जमेको वा रगत फुटेर जमेको हुन्छ त्यसलाई तुरुन्त निकालिदियो भने त्यो ठाउँले फेरि काम गर्न थाल्छ ।  रगतको नसा भित्रै रगत सुकेर जमेको छ भने चिकित्सकले रगत पातलो गर्ने औषधी दिने गर्छन । कोलस्टोर बढी छ भने त्यसको औषधी चलाउने, अन्य कुनै समस्या छ भने त्यसको उपचार गरिएमा बिरामी केही दिनमै निको हुन्छ । 
    प्यारालाइसिस भएको बिरामीको मुख बाङ्गो हुने, बोली लडबडिने, खाना निल्न नसकेर खाना सर्किने समस्या धेरै हुन्छ । त्यस्तो अवस्थामा जबरजस्ती मुखबाट खाना खुवाउनु हँुदैन । त्यस्तो अवस्थामा स्वास्थ्यसंस्थामा चिकित्सकले नाकमा साधारण पाइप हालिदिन्छन । त्यो पाइपको सहाराबाट बिरामीलाई खाना खुवाउनुपर्छ । 
    प्यारालाईसिस भएको बिरामीमा दिसा र पिसासको समस्या हुन्छ । नलि राखेर दिसापिसाब गराउनुपर्छ । धेरैदिन त्यहि नलि राख्नुहुदैन, परिवर्तन गरिरहनुपर्छ । 
    थप समस्या देखिएमा चिकित्सकको परामर्श अनुसार औषधी उपचार गर्नुपर्छ । 


    यस्ता कुरामा साबधानी अपनाऔ
    उच्च रक्तचापलाई नियन्त्रण गर्ने
    मधुमेहको समयमै उपचार गर्ने
    मोटोपनलाई घटाउने
    तनाव कम गर्ने 
    शरीरको कुनै भाग कमजोर भए वा नचल्ने भए तुरुन्तै चिकित्सकलाई देखाउने

    (सशस्त्र प्रहरी अस्पतालका फिजिसियन डा. रोशन झासँग तेस्रोआँखासहकर्मिले गरेको कुराकानीमा आधारित)


    तेस्रो आँखा