• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा १ लाख ७० हजार ७०० रुपैयाँ पुग्यो

सुनको मूल्य तोलामा १ लाख ७० हजार ७०० रुपैयाँ पुग्यो


  • 3.3K
    SHARES
    • कार्तिक १४, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 5.1K Views

    सुनको मूल्य तोलामा १ लाख ७० हजार ७०० रुपैयाँ पुग्यो

    काठमाडौँ, १४ कात्तिक । बुधबार सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ७०० रुपैयाँ कायम भएको हो । 

    images

    अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँ कायम थियो । महासंघका अनुसार बिहीबार कायम भएको नयाँ मूल्य हालसम्मकै उच्च हो । पछिल्लो समय सुनको मूल्य निरन्तर बढ्दै आएको छ । 

    महासंघका अनुसार बुधबार छापावाल सुनप्रति १० ग्राम १ लाख ४६ हजार ३५० रुपैयाँ कायम भएको छ । 

    यसैबिच बुधबार चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा २ हजार १०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार १५ रुपैयाँ बढेर २ हजार १२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 


    तेस्रो आँखा