• ट्रेण्डिङ्ग :
स्वर्गीय पुनको स्मृतिमा पार्क निर्माण : मुख्यमन्त्री शर्माद्धारा उद्घाटन

स्वर्गीय पुनको स्मृतिमा पार्क निर्माण : मुख्यमन्त्री शर्माद्धारा उद्घाटन


  • 5.2K
    SHARES
    • कार्तिक १४, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 8.0K Views

    स्वर्गीय पुनको स्मृतिमा पार्क निर्माण : मुख्यमन्त्री शर्माद्धारा उद्घाटन

    रुकुम १४ कात्तिक । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नं. ७ र ८ को सिमाना रिनदहमा तिर्थ स्मृति पर्यटन पार्कको उद्घाटन गरिएको छ । उक्त पार्कमा निर्माण गरिएको स्वर्गीय तिर्थ पुनको सालिक समेत अनावरण गरिएको छ । कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री राजकुमार शर्माले एक कार्यक्रमका बिच पार्कको उद्घाटन गर्नुका साथै सालिक अनावरण गर्नुभएको हो ।

    images

    साबिक साँख गाविस वडा नम्बर ५ हालको मुसिकोट नगरपालिका वडा नम्बर ७ खालबोट निवासी तिर्थबहादुर पुनको २०७३ साल साउन २१ गते मुसिकोट नगरपालिका वडा नम्बर ६ कानेवाङमा भएको जिप दुर्घटनामा परी मृत्यु भएको थियो । दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका उहाँको उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । पुन राजनीति तथा सामाजिक कार्यमा अग्रसर हुनुहुन्थ्यो । उहाँ तत्कालीन माओवादीले सञ्चालन गरेको जनयुद्धमा सामेल हुनुभएको थियो । २०५२ सालदेखि नै उहाँ माओवादीको प्राविधिक विभागमा जोडिनुभएको थियो । उहाँले युद्धकालमा हतियार निर्माणको काम गर्नुभएको थियो । उहाँलाई जनयुद्धका वैज्ञानिकका रुपमा चिनिन्छ ।

    पुनको स्मृतिमा उहाँको परिवारले पार्क निर्माण गरेका हुन् । पार्क निर्माणमा करिब २० लाख लागत लागेको उहाँका छोरा लोकेन्द्र पुनले जानकारी दिनुभयो । विभिन्न व्यक्ति तथा संस्थाहरूसँग सहयोग जुटाएर पार्क निर्माण गरिएको उहाँले बताउनुभयो । यो कार्यमा देश तथा विदेशमा रहेका व्यक्तिहरूले सहयोग गरेको उहाँको भनाई छ । पार्कको बिचमा सालिक निर्माण गरिएको छ भने पार्क स्थलमा बगैँचा र प्रतीक्षालय पनि निर्माण गरिएको छ । त्यस्तै पार्कमा ठुलो आकारको नेपालको झन्डा समेत राखिएको छ भने पार्कलाई वरिपरि तारबार गरेर संरक्षण गरिएको छ । चयरीपानी सामुदायिक वन क्षेत्रमा पार्क निर्माण गरिएको हो । 

    Screenshot 2024-10-30 122059.jpg


    तेस्रो आँखा