सुनको मूल्य तोलामा ६०० रुपैयाँले घट्यो

सुनको मूल्य तोलामा ६०० रुपैयाँले घट्यो


  • 6.3K
    SHARES
    • फाल्गुण १७, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 9.6K Views

    सुनको मूल्य तोलामा ६०० रुपैयाँले घट्यो

    काठमाडौं, १७ फागुन। सुनको मूल्य मंगलबार  प्रतितोलामा ६०० रुपैयाँको दरले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  मंगलबार  छापावाल सुनको मूल्य तोलाको ९७ हजार ६०० रुपैयाँ कायम भएको छ।

    images

    सोमबार छापावाल सुन तोलाको ९८ हजार २०० रपैयाँमा कारोबार भएको थियो। यसैगरी मंगलबार तेजावी सुनको मूल्य तोलाको ९७ हजार १०० रुपैयाँ निर्धारण भएको छ।  

    चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँको दरले घटेको छ। सोमबार एक हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार ३३५ रुपैयाँमा  निर्धारण भएको छ।

     


    तेस्रो आँखा