• ट्रेण्डिङ्ग :
यस वर्ष भाईमसलाको मूल्य ३० प्रतिशतले वृद्धि

यस वर्ष भाईमसलाको मूल्य ३० प्रतिशतले वृद्धि


  • 5.3K
    SHARES
    • कार्तिक १६, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 8.2K Views

    यस वर्ष भाईमसलाको मूल्य ३० प्रतिशतले वृद्धि

    काठमाडौं, १६ कात्तिक  । यस वर्ष तिहारमा भाई मसलाको मूल्य करिव ३० प्रतिशतले वृद्धि भएको छ ।

    images

    काठमाडौंको असनमा वर्षौंदेखि भाईमसलाको व्यापार गर्दै आएका व्यापारी र खरिदका लागि पुगेका ग्राहकहरुले गत वर्ष भन्दा यस वर्ष भाई मसलाको मूल्य बढेको बताउनु भएको छ ।

    भाई मसलाको पुस्तौनी व्यापार गर्दै आएका स्थानीय व्यापारी सजीव बज्राचार्यले असोज ११, १२ र १३ गते आएको बाढी र पहिरोले पनि यस वर्ष भाईमसलाको मूल्य करिव ३० प्रतिशतले बढ्न गएको बताउनु भएको हाे । 

    उहाँले पाकिस्तान, भारतमा पनि बाढीको प्रभाव पर्न गएकाले पनि यस पालीको तिहारमा भाईमसलाको भाउ निकै बढेको आफूलाई लागेको बताउनु भएको हाे ।

    मूल्य बढेकाले यस पटक भाईमसला किन्नेहरुले पनि थोरै सामानहरु खरिद गर्ने गरेको पाइएको छ ।

    ग्राहकहरुले पनि यस वर्ष भाईमसलाको मूल्य धेरै बढेको प्रतिक्रिया दिनु भएको छ ।  उहाँहरुले भाईमसलाको मूल्य अलि कम गरिदिन पनि व्यापारीहरुलाई आग्रह गर्नुभएको छ ।


    ग्राहकहरुको भनाई छ, ‘पोहोरको तुलनामा यस पटक हरेक समानको भाउ बढेको छ । व्यापारीहरुले मिलाएर दिनुभए ग्राहकहरुलाई सजिलो हुने थियो ।’

    बजारमा यस वर्ष प्रतिकेजी काजु २ हजार २००, बदाम एक हजार ७००, किसमिस ६००, कालोदाख १ हजार, ओखर ५५० खरिद मूल्य राखिएको छ ।

    त्यसैगरी प्रतिकेजी ओखरगुदी १ हजार ५००, अनजिर २ हजार, २००, खुरपानी १०००, नरिवल ५५०, दाना मिश्री १८०, धागो मिश्री २००, मखना २ हजार दालचिनी ८०० मूल्य राखिएको छ । तर सबै सामग्रीमा करिव २५÷३० प्रतिशत मूल्य गत वर्ष भन्दा बढेको स्थाानीय व्यापारी बज्राचार्यको अनुभव छ । मूल्य बढेकाले व्यापार घटेको व्यापारी बताउँछन् ।

    भाई मसलाको मूल्य बढेकाले यस वर्ष ग्राहकहरुको चहलपहल पनि कम भएको स्थानीय व्यापारीहरुले बताउनु भएको छ । 


    तेस्रो आँखा