टेक्सास राउण्डरोक, गायक राजेश पायल राईको नेपाली चाडपर्ब बिशेष सांगितिक कार्यक्रम "लाइभ इन अस्टिन" भब्य रुपमा सम्पन्न भएको छ। टेक्सासको राउण्डरोक स्थित नेपाली रेस्टुरेन्ट "अथिति ग्रील एन्ड बार" मा उक्त कार्यक्रम आयोजना गरिएको थियो। दुई तीन दिनको छोटो समय राखेर आयोजना गरिएको उक्त कार्यक्रम हाउस फुल भएको थियो। जस बाट राजेश पायल राईको क्रेज नेपालीहरु बिचमा कती छ भन्ने प्रस्ट हुन्छ भने ग्राहक हरुले अथिति ग्रील एन्ड बारको ब्यबस्थापन प्रती विश्वाश गरेको देखिन्छ। कार्यक्रममा दर्शक हरुले रातीको खाना संगै नेपाली गीतसंगीतको आनन्द लिएका थिए।
अथिति ग्रील एन्ड बार नेपाली फिल्म क्षेत्रका सफल निर्देशक नारायण पुरीले संचालन गर्दै आउनु भएको छ। उक्त रेस्टुरेन्ट नेपाली, इन्डियन र स्थानिय अमेरिकि बासिन्दाहरु माझमा नेपाली खाना र यस्तै रमाईला कार्यक्रम आयोजना गर्नको लागि छोटो समयमै चिरपारिचत बनेको छ।
राजेश पायल राईको "लाइभ इन अस्टिन" फोटो फिचर
