दाङ, १९ कात्तिक । राप्ती आँखा अस्पताल तुलसीपुरमा लामो समयदेखि कार्यरत रहि अनुभब संगाल्नु भएका आँखा रोग विशेषज्ञ चिकित्सक डा. सुरेश रसाईलीको पदोन्नती भएको छ । प्रतिष्ठानको आँखा बिभागको एशोसियट प्रोफेसरमा रसाइली पदोन्नती हुनु भएको हो ।
रसाइलीले आँखा अस्पतालमा थुप्रै आँखा सम्बन्धी उपचारदेखि अप्रेसन गर्दै आउनु भएकाे थियाे । प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले डा. रसाइलीले प्रतिष्ठानमा हाजिर भई छिट्टै सेवा प्रारम्भ गर्ने जानकारी दिनुभयो ।
अब र प्रतिष्ठानमा आँखाको उपचारदेखि अप्रेसन सेवा र शैक्षिक कार्यक्रम थप प्रभाबकारी हुनेछ । साथै प्रतिष्ठानले आँखाको पढाई पनि सुरु गर्ने तयारीलाई तीब्र पारेको छ । तुलसीपुरमा आँखा सम्बन्धी उपचारका लागि ३ सयदेखि ४ सय जना बिरामीले सेवा पाईरहेकोमा अब डा. रसाईली आएसंगै प्रतिष्ठानमा पनि आँखा सम्बन्धी सबै उपचार पाउने भएपछि यस क्षेत्रका बिरामीको उपचारमा थप सहयोग पुग्ने छ ।
