• ट्रेण्डिङ्ग :
सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो


  • 2.1K
    SHARES
    • कार्तिक २०, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 3.2K Views

    सुनको मूल्य घट्यो

    काठमाडौं २० कात्तिक ।  स्थानीय बजारमा सुनको मूल्य घटेको छ । गत कात्तिक १३ गते प्रतितोला एक लाख ६८ हजार ५०० रूपैयाँमा कारोबार भएको सुनको मूल्य त्यसयता लगातार बढेको थियो ।

    images

    कात्तिक १५ गते (तिहारअघि तोकिएको अन्तिम मूल्य) प्रतितोला एक लाख ७१ हजार रहेको थियो। त्यसयता सोही मूल्यमा कारोबार भएको थियो । आज स्थानीय बजार प्रतितोला एक लाख ६८ हजार २०० रूपैयाँ कारोबार मूल्य तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    यो अघिल्लो दिनको कारोबार मूल्यको आधारमा यस दिन सुनको मूल्य दुई हजार आठ सय रूपैयाँ कम हो ।  आज चाँदीको मूल्य पनि केही घटेको छ। यस दिनको लागि प्रतितोला दुई हजार ३० रूपैयाँ मूल्य निर्धारण गरिएको महासंघले जनाएको छ । अघिल्लो दिनको कारोबार मूल्य दुई हजार ९० रूपैयाँ थियो ।


    तेस्रो आँखा