काठमाण्डौ २१ कात्तिक । सुनको मूल्य बुधबार तोलामा तीन सय रुपैयाँले बढेको छ । मंगलबार तोलाको एक लाख ६८ हजार दुई सय रुपैयाँ रहेको सुनको मूल्य बुधबार तीन सय रुपैयाँले बढेर एक लाख ६८ हजार पाँच सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यही कात्तिक १५ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलामा एक लाख ७१ हजार रुपैयाँ रहेको थियो । यस्तै बुधबार चाँदीको भाउ भने घटेको छ । आज चाँदी १५ रुपैयाँले घटेर तोलाको दुई हजार १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
