• ट्रेण्डिङ्ग :
बिहीबार सुनको मुल्य तोलामा ४ हजारले घट्यो

बिहीबार सुनको मुल्य तोलामा ४ हजारले घट्यो


  • 3.7K
    SHARES
    • कार्तिक २२, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 5.7K Views

    बिहीबार सुनको मुल्य तोलामा ४ हजारले घट्यो

    काठमाडौं, २२ कात्तिक । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यमा ठूलो गिरावट आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव जिते सँगै नेपाली बजारमा सुनको भाउ ह्वातै घटेको हो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामै ४ हजार रुपैयाँले घटेको छ । छापावाल सुनको मूल्य प्रति तोला १ लाख ६४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बुधबार छापावाला सुन प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

    चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार चाँदी २ हजार १५ रुपैयाँमा कारोबार भएको थियो ।

     


    तेस्रो आँखा