• ट्रेण्डिङ्ग :
दुर्घटना न्युनीकरणको माग गर्दै आन्दोलन

दुर्घटना न्युनीकरणको माग गर्दै आन्दोलन


  • 2.2K
    SHARES
    • कार्तिक २४, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 3.4K Views

    दुर्घटना न्युनीकरणको माग गर्दै आन्दोलन

    सुर्खेत, २४ कात्तिक । सवारी दुर्घटना न्यूनीकरण गर्न माग गर्दै सुर्खेतमा आन्दोलन गरिएको छ। शुक्रबार दैलेखमा दुर्घटना भएको गाडी १५ सिटे भएको र सो गाडीमा ३४ जना यात्रु राख्दा दुर्घटना भएको भन्दै पीडित पक्षले आन्दोलन सुरु गरेका हुन् ।

    images

    उनीहरुले सिट क्षमताभन्दा बढी यात्रु राख्ने सवारी चालक र धनीलाई कारबाही गर्नुपर्ने, चेकपोष्टमा भएका प्रहरीलाई कारबाही गर्नुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरुको उपचारको व्यवस्था राज्यले गर्नुपर्नेलगायतका माग राखेका छन्।

    शुक्रबार दैलेखबाट सुर्खेततर्फ आईरहेको कर्णाली प्रदेश ०२००१ ख ९९८ नम्बरको माइक्रो सुर्खेत र दैलेखको सीमानामा पर्ने रानीमत्ता नजिक दुर्घटना भएको थियो। सडकबाट करिब १०० मिटर तल खसेको उक्त गाडीमा सवार चालकसहित चार जनाको मृत्यु भएको थियो।

    १५ जना सिट क्षमता भएको उक्त गाडीमा ३४ जना यात्रु राखिएको थियो। दुर्घटनामा ३० जना घाइते भएका छन्। जसमध्ये ११ जनाको नेपालगञ्ज र ९ जनाको कर्णाली प्रदेश अस्पतालमा उपचार भईरहेको छ। १० जना डिस्चार्ज भएका छन्।


    तेस्रो आँखा