‘पूर्णबहादुरको सारंगी’का निर्देशक भन्नुहुन्छ- पुस्तक बिकाउने फण्डा हो

‘पूर्णबहादुरको सारंगी’का निर्देशक भन्नुहुन्छ- पुस्तक बिकाउने फण्डा हो


  • 6.0K
    SHARES
    • कार्तिक २६, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 9.3K Views

    ‘पूर्णबहादुरको सारंगी’का निर्देशक भन्नुहुन्छ- पुस्तक बिकाउने फण्डा हो

    काठमाडौं, २६ कात्तिक । चलचित्र ‘पूर्णबहादुरको सारंगी’लाई एक उपन्यासको कथा चोरेको आरोप लागेपछि निर्देशक सरोज पौडेलले आरोप सत्य नभएको बताउनु भएको  छ ।

    images

    लेखक शिवशंकर बस्यालले फिल्मको कथा आफ्नो उपन्यास ‘संग्रामपुर’को कथासँग हुबहु मिलेको आरोप लगाएपछि फिल्मलाई लिएर विवाद सिर्जना भएको छ । तर निर्देशक पौडेलले भने फिल्म चलेपछि नियोजित रुपमा चलखेल गरिएको प्रतिक्रिया दिनुभएको छ । ‘यो फेसबुकमा रैला मच्चाएर पुस्तक बिकाउने फण्डा र चलचित्रलाई हानी पुर्‍याउने षड्यन्त्र हो,’ उहाँले भन्नुभयो, ‘रेकर्ड मा रेकर्ड हुँदैछ, अब चलखेल सुरु हुँदैछ । तर, हामीलाई दर्शक को साथ छ । बाँकी त हामी अरूलाई टेरिँदैन ।’

    ‘पूर्णबहादुरको सारंगी’को कथा आफ्नो पिताको देहान्तपछि लेखेको र यो विशुद्ध रूपमा आफ्नो मौलिक सिर्जना भएको पौडेलले बताउनुभयो । ‘यो पूर्णरूपमा काल्पनिक कथा हो । कतैबाट पनि प्रभावित छैन । यदि मिल्न गएको खण्डमा त्यो संयोग हुने छ,’ उहाँले भन्नुभयो ।

    यदि साँच्चै चोरी गरिएको लाग्छ भने कानुनी उपचारको खोजी गर्न पनि पौडेलले चुनौती दिनुभएको छ । एउटै समाजभित्रको कथा टिप्दा एकाध प्रसङ्ग मिल्न सक्ने भए पनि ‘कथा चोरी’को आरोप नाजायज र फजुल रहेको उहाँको भनाई छ ।


    तेस्रो आँखा